काठमाण्डौ । विद्युत बिक्री आम्दानीमा गिरावट आउदा खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेड घाटामा गएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ६९ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले १ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको १० करोड ९४ हजार रुपैयाँको तुलनामा ४४ प्रतिशतले कम हो । कम्पनीको प्रशासनिक खर्च १ करोड ३५ लाखबाट बढेर १ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको बैंकको ब्याज खर्च ३ करोड ८७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ १० करोड ७६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीले समीक्षा अवधिसम्म ७८ करोड १३ लाख रुपैयाँबराबरको दीर्घकालिन कर्जा र ७ करोड १ लाख अल्पकालिन कर्जा लिएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.६५ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ ७६.८८ रुपैयाँ,मूल्य आम्दानी अनुपात १०९.०२ गुणा ऋणात्मक र तरलता अनुपात ३.८५ प्रतिशत कायम भएको छ ।