खानीखोला हाइड्रोपावरले भदौ ३ गतेदेखि हकप्रद जारी गर्ने
काठमाण्डौ । खानीखोला हाइड्रोपावरले भदौ ३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत असार २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, असार...