काठमाण्डौ । खानीखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई शतप्रतिशत हकप्रद निष्कासन गर्न अनुमति दिएको छ ।
कम्पनीले आजै १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न बोर्डबाट स्वीकृति पाएको हो । अब कम्पनीले ४६ करोड ५७ लाख १४ हजार रपैयाँ बराबरको कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।