शुक्रबार, श्रावण २९,२०८३ 08:53:10
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 08:53:10
Bizshala
Global IME Bank Limited

खानी खोला हाइड्रोपावरले कहिलेदेखि बिक्री गर्दैछ साढे ४ लाख कित्ता बढी अवितरित हकप्रद सेयर ?

Prabhu Bank Limited
खानी खोला हाइड्रोपावरले कहिलेदेखि बिक्री गर्दैछ साढे ४ लाख कित्ता बढी अवितरित हकप्रद सेयर ?
New Office

काठमाण्डौ । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साढे ४ लाख लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत भदौ ३ गतेदेखि असोज ५ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४ लाख ५९ हजार ३४९ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  

कम्पनीले कात्तिक १२ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

CG Motors

लगानीकर्ताले सिटिजन्स क्यापिटल र सिटिजन्स बैंक इन्टरनेशनल बैंकको शाखा कार्यालयहरु कुमारीपाटी, ठिमी, इटहरी,विराटनगर, बिर्तामोड, विरगञ्ज,सुर्खेत, जनकपुर, नेपालगञ्ज,नारायणगढ, धनगढी,पोखरा, बुटवल र हेटौडाबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति आगामी कात्तिक १९ गते रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X