काठमाण्डौ । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले प्रति सेयर अंकित मुल्य रु.१०० दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
बिक्री प्रबन्धक सम्झौतामा एसके इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका छन् ।
एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्यामखोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मेवा क्षमताको श्यामखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।