काठमाण्डौ । अमेरिकामा महङ्गी अपेक्षा गरेभन्दा बढीले वृद्धि भएको छ । अण्डा र उर्जाको बढ्दो मूल्यका कारण गत महिना अमेरिकाको मुद्रास्फितीदर ३ प्रतिशत पुगेको छ । जुन विगत ६ महिनाकै उच्च हो ।
यसका साथै यो दर अर्थशास्त्रीहरुले अपेक्षा गरेको २.९ प्रतिशतभन्दा बढी हो । अमेरिकी केन्द्रीय बैंक,‘फेडरल रिजर्भ’ले ब्याजदर स्थिर राख्ने निर्णय गरेको केही साता बितिसकेपछि अमेरिकामा महङ्गी वृद्धि भएको जनाइएको छ । यसले अमेरिकी अर्थतन्त्र कुन दिशामा अघि बढिरहेको छ भन्ने अनिश्चितता बढेको जनाइएको छ ।
चुवानी अभियानका क्रममा बढ्दो महङ्गीलाई नियन्त्रण गर्ने प्रतिबद्धता जाहेर गरेका ट्रम्पलाई नयाँ आँकडाले थप चुनौति थपिदिएको छ । ट्रम्पले भन्सार शुल्क लगाउने घोषणा गरेसँगै अमेरिकामा थप महङ्गी बढ्ने अर्थशात्रस्त्रीहरुले बताएका छन् ।
गत महिनामा अमेरिकामा खाद्यान्न र उर्जाको मूल्य ०.४ प्रतिशतले बढेको छ । जुन गत मार्च पछिकै उच्च हो ।