काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि फागुन १५ गतेका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।
यसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सयको १ः१ अनुपातमा प्रतिसेयर रु.१०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्नेछ ।
यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत माघ २२ गते स्वीकृती पाईसकेको छ ।