दोर्दी खोला जलविद्युतले डाक्यो विशेष साधारण सभा
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । जेठ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असार १ गते ललितपुरको चापागाउँमा रहेको हिमशिखर पार्टी भेन्यूमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

