शनिबार, श्रावण २,२०८३ 04:02:50
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 04:02:50
Bizshala
Global IME Bank Limited

दोर्दी खोला जलविद्युत कम्पनीद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

दोर्दी खोला जलविद्युत कम्पनीद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
New Office

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २१ गते चापागाँउमा रहेको बज्रबाराही पार्टी प्यालेसमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा हकप्रद सेयर निष्कासन गर्ने, अधिकृत र जारी पूँजीसहित कम्पनीको प्रबन्धपब तथा नियमावलीमा संशोधन गर्ने र यसमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.