काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले लिलामीमार्फत बिक्रीमा राखेको अवितरित हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ ११ गतेदेखि १९ लाख ४६ हजार ६७६ कित्ता अवितरित हकप्रद सेयर लिलामीमातर्फ बिक्रीमा राखेको थियो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले सानिमा क्यापिटलको नक्साल कार्यालय, विराटनगर,विर्तामोड, विरगञ्ज,जनकपुर,भरतपुर र हेटौडा शाखा, सानिमा बैंकको पोखरा, बुटवल,घोराही, नेपालगञ्ज,विरेन्द्रनगथर,धनगढी र महेन्द्रनगर शाखा कार्यालय र गरिमा विकास बैंकको बाग्लुङ शाखाबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।