काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको लक इन समयावधि आगामी असार महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ८४ लाख १२ हजार ९६० कित्ता सेयरको लक इन अवधि असार ७ गते समाप्त हुन लागेको हो ।
उक्त मितिमा कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।
लक इन अवधि खुल्न लागेको कुल सेयरमा ७५ लाख ९० हजार ६७५ सय कित्ता संस्थापक सेयर, आयोजना क्षेत्रका स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको ७ लाख ५६ हजार ४२० सय कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ६५ हजार ८६५ कित्ता रहेको छ ।
धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । यो अवधिमा यस्ता सेयरहरु बिक्री गर्न नपाइने व्यवस्था रहेको छ । आगामी असार ७ गते कम्पनीले आईपीओ बाँडफाँड गरेको ३ वर्ष पुरा हुन लागेकाले उक्त अवधिमा कम्पनीको सेयरको लक इन अवधि खुल्न लागेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।