आईतवार, असार १४,२०८३ 04:22:35
Bizshala
  • आईतवार, असार १४,२०८३ 04:22:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दोर्दीखोला जलविद्युतको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?

Laxmi Sunrise Bank Limited
दोर्दीखोला जलविद्युतको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?

काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनीको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत जेठ ११ गतेदेखि २० गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर जेठ २८ गते बाँडफाँड भएको हो ।  

New Office
CG Motors
Garima Development Bank

निष्कासनकर्ता कम्पनी सानिमा क्यापिटलले बिक्री खुला गरिएको अवधिभित्र प्राप्त भएको गोप्य शिलबन्दीपत्रहरुको प्रशोधन गरी बाँडफाँड गरेको जनाएको छ । संस्थापक समूहको(लकइनमा रहेको)कटअफ मूल्य २६५ र सर्वसाधारण समूहको कटअफ मूल्य २७० रुपैयाँ रहेको छ । उक्त अन्तिम मूल्यमा बोलपत्र पेश गर्नेहरुलाई सापेक्षिक भारअनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको तथा सर्वसाधारण समूहको(लकइनमा नरहेको)हकमा मागभन्दा कम सेयरका लागि आवेदन प्राप्त भएकाले रितपूर्वक आवेदन पेश गरेका आवेदकहरुलाई मागबमोजिम सेयर बाँडफाँड गरिएको धितोपत्र निष्कासनकर्ता सानिमा क्याटिलले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी जेठ ३० गतेबाट हुनेछ । सर्वसाधारण समूह(लकइनमा नरहेको)तर्फ ९३ हजार ६२९ कित्ता सेयरका लागि आवेदन पर्न नआएकाले पुनः लिलामीमार्फत बिक्री गरिने क्यापिटलले उल्लेख गरेको छ ।    

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.