काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको नक्सालमा रहेको सानिमा क्यापिटलको कार्यालयमा बिहान ९ बजे खोलिने छ ।
कम्पनीले गत असार २४ गतेदेखि ३२ गतेसम्म ९३ हजार ६२९ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।
बोलपत्र खोलिएको प्रत्यक्ष प्रसारण सानिमा क्यापिटलको फेसबुक लाइभमार्फत गरिने छ ।