आईतवार, आश्विन २५,२०८३ 09:40:28
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 09:40:28
Bizshala
Global IME Bank Limited

२७ वर्षदेखि पूँजीबजार र पशुपतिनाथसँग जोडिएका ‘बाबाको’ बिगुल, ‘अब अर्थतन्त्र र पूँजीबजारले छलाङ मार्छ’

Bizshala
२७ वर्षदेखि पूँजीबजार र पशुपतिनाथसँग जोडिएका ‘बाबाको’ बिगुल, ‘अब अर्थतन्त्र र  पूँजीबजारले छलाङ मार्छ’
New Office

काठमाण्डौ । आज महाशिवरात्री देशभर धुमधामका साथ मनाइँदैछ । भक्तजनहरुले देशका विभिन्न शिव मन्दिर र चोकचोकमा शिवरात्री पर्व मनाईरहेका छन् । चोकचोकका बालबालिकहरुले डोरी तानेर शिवको जन्मदिनमा भेटी पनि उठाइरहेका देखिन्छन् । शिवरात्री मनाउन आज पशुपतिमा सयौ बाबाहरु छिमेकि देश भारतदेखि र देशका अन्य भागबाट ओइरिएका छन् ।  

आज पशुपतिमा धर्म, कर्म र व्यापार सबै गर्नेको भीड देखिन्छ । हजारौ तिर्थालु धर्म कर्मको लागि लाइन बसेका छन भने पश्ुपतिमा शिलाजित देखि शिवको प्रसाद भन्दै बुटिकको ब्यापार पनि राम्रै चलेको देखिन्छ ।  

यसै सिलसिलामा आज हामीले देशको अर्थतन्त्र र पूँजीबजारको विषयमा पशुपति क्षेत्रमा पुगेर त्यहाँस्थित केही बाबाहरुसँग जिज्ञासा पनि राखेका छौं । धेरैलाई अचम्म पनि लाग्न सक्छ के पशुपतिमा भेटिएका बाबालाई देशको अर्थतन्त्र तथा पूँजीबजारको विषयमा ज्ञान वा चिन्ता होला ? के त्यस्ता मानिस पशुपतिमा भेटिन्छन् ? पक्कै पनि बाबाको भेषमा हिँडेकाहरु पनि देशको अर्थतन्त्र र पूँजीबजारसँग प्रत्यक्ष जोडिएका हुन्छन् । केही त्यस्ता व्यक्तिहरु हुन्छन् जो आर्थिक रुपमा सम्पन्न भएतापनि स्वेच्छाले बाबाको भेषमा पशुपतिमा बस्ने गर्छन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

आज पशुपतिमा हामीले यस्तै एकजना बाबा भेटेका छौं । जो २०५३ सालदेखि पशुपतिमा बाबाको भेषमा बस्दै आएका छन् । उनी त्यही समयदेखि कमोडोटिज र सेयरबजारमा सक्रिय रुपमा लागिरहेका छन् । उनले आफ्नो अनुभब सुनाँउदै भने, ‘मैले २०५३ सालमा कमोडिटिज बजारमा २÷३ लाख गुमाए । सेयर बजारमा कति कमाइयो कति गुमाइयो ? कुनै हिसाबनै छैन ।’  

हाल साइडवेजमा चलेको पूँजीबजार र अर्थतन्त्रलाई जोड्दै उनले भने, ‘अब नयाँ गभर्नर आउँदै गर्दा पूँजीबजार र देशको अर्थतन्त्रले छलाङ् मार्ने छ । अब आउने नयाँ गभर्नर स्वतन्त्र र कसैको आज्ञापालक नभएर देशको हितमा काम गर्ने हुनुपर्छ ।’ मंगलबार आएको मौद्रिक नीति नराम्रो नआएको र सेयर बजारले थप गति लिनेमा पनि उनी बिश्वस्त देखिए ।  

उनले देशको अर्थतन्त्र र पूँजीबजारको विषयमा मात्रै नभएर हाल पशुपति क्षेत्रमा पशुपति विकास बोर्डले सन्तमहन्त तथा  बाबाजीहरुलाई गरेको व्यबस्थापनमा पनि असन्तुष्टि पोखे । उनले आफू २७ वर्ष अघिदेखि पशुपतिमा बस्दै आएको तर विरेन्द्र राजाको समयपछि पशुपतिमा बाबाजीहरुलाई गरिने व्यवहारमा अन्तर आउन थालेको गुनासो गरे ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

त्यो समयमा बाबाजीहरुलाई राम्रो सम्मान दिइन्थ्यो । त्यही अनुसार भेटी र सम्मान थियो । तर अहिले पशुपतिमा बढी अनियमिता हुन थालेको पनि उनले आशंका व्यक्त गरे । उनले भने, ‘पशुपति भनेको तिर्थालु भक्त,गरिब दिनदुखि तथा जनवारदेखि चराचुरुङगीको पनि हो । तर अहिले सबै बाहिरको मान्छेले मात्रै सहयोग दिन थालेका छन् तर पशुपतिको व्यबस्थापनले हेर्न छाडेको छ । पूँजीबजारमा भने उनले आम लगानीकर्ताहरुलाई सेयर कर्जा बढी लिएर लगानी नर्गन सुझाव दिए ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.