काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष आवेदन दिएको छ ।
कम्पनीले शतप्रतिशत हकप्रद निष्कासनको अनुमति माग गर्दै फागुन १२ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिकित्ता रु.१०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गर्न अनुमति माग गरेको छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
गत जेठ ३० गते सम्पन्न कम्पनीको विशेष साधारण सभाले हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको थियो । कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद निष्कासनका लागि स्वीकृती पाईसकेको छ । कम्पनीले आयोगसमक्ष १५० प्रतिशत हकप्रद निष्कासनका लागि अनुमति माग गरेको थियो ।
कम्पनीको गत वर्षको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त हकप्रद बैंकको ऋण भुक्तानी तथा चालू दायित्व भुक्तानीका लागि उपयोग गर्ने निर्णय गरेको थियो ।