काठमाण्डौ। धितोपत्र बजारमा डिम्याट खाता लिने लगानीकर्ताको संख्या ६६ लाख ९७४ पुगेको छ । सिडिएससीका पछिल्लो तथ्यांकअनुसार डिम्याट खाता खोल्ने तथा मेरो सेयरको खाता खोल्ने लगानीकर्ताहरुको संख्या दैनिक वृद्धि भईरहेको छ ।
हाल मेरो सेयरको खाता खोल्नेको संख्या ५६ लाख ६१ हजार ४९९ पुगेको छ । तर मेरो सेयरमा एक्टिभ खाताको संख्या ३७ लाख ९४ हजार २७४ पुगेको छ ।
त्यसैगरि, म्युचुअल फण्डको संख्या ४५ र ब्रोकरहरुको संख्या ९२ रहेको छ । हाल १०९ वटा संस्थाले सेन्ट्रल केवासी लिएका छन् ।
यसैगरी, नेप्सेमा १३ अर्व ५३ करोड ६७ लाख ३ हजार ९५७ कित्ता सेयर सुचिकृत भएको छ ।