काठमाण्डौ । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाकाबाट धानको आयत ७२ प्रतिशतले बढेको छ । यो अवधिमा वीरगञ्ज नाकाबाट ८ अर्ब ६८ करोड रुपैयाँबराबरको २२ करोड ६४ लाख ८ हजार २२९ किलो धान आयात भएको छ ।
गत आवको सोही अवधिमा यो नाका हुँदै ४ अर्ब ९१ करोड मूल्यबराबरको १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलो धान आयात भएको थियो । यस्तै यो अवधिमा चामलको आयात पनि बढेको छ । चालु आवको सात महिनामा यो नाका हुँदै १ अर्ब ३५ करोड मूल्यको १ करोड ३३ लाख ७४ हजार आठ सय २६ किलो चामल आयात भएको छ ।
यस्तै चालु आवको ७ महिनामा २ अर्ब ९६ करोड मूल्यको ५ करोड ७७ लाख १४ हजार ५८३ किलो मकै आयात भएको छ । त आवको सोही अवधिमा भने २ अर्ब ९७ करोड मूल्य पर्ने ६ करोड ६० लाख ४९ हजार ९७२ किलोग्राम मकै आयात भएको थियो ।