बिहीबार, आश्विन २९,२०८३ 02:37:35
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 02:37:35
Bizshala
Global IME Bank Limited

सम्पत्ति शुद्धीकरणमा कठोर बन्दै धितोपत्र बोर्ड, सेयर कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीलाई बोर्डमा दर्ता हुन निर्देशन

Bizshala
सम्पत्ति शुद्धीकरणमा कठोर बन्दै धितोपत्र बोर्ड, सेयर कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीलाई बोर्डमा दर्ता हुन निर्देशन
New Office

काठमाण्डौ। अब दोस्रो बजारमा सेयर कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीहरु धितोपत्र बोर्डमा दर्ता हुनुपर्ने भएको छ । बोर्डले आज एक सूचना जारी गर्दै इन्भेष्टमेन्ट कम्पनीहरुलाई बोर्डमा सूचीकृत हुन निर्देशन दिएको हो ।  

बोर्डले सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०५१ को नियम २० को व्यवस्था बमोजिम इन्भेष्टमेन्ट कम्पनीहरुलाई धितोपत्र बोर्डमा सूचीकृत हुन निर्देशन दिएको जनाएको छ । नेपाल राजपत्रमा गत पुस १८ गते प्रकाशित नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना १ बमोजिम नेपाल सरकारले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ न। को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी समन्वय समितिको सिफारिसमा ५ करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पूँजी वा १० करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार भएका इन्भेष्टमेन्ट कम्पनीको हकमा बोर्डलाई नियमनकारी निकाय तोक्ने निर्णय गरेको थियो ।  

बोर्डले सूचीकृत हुनका लागि इन्भेष्टमेन्ट कम्पनीहरुलाई निम्न विवरण तथा कागजात पेश गर्न भनेको छः

१.बोर्डमा सूचिकृत हुनका लागि निवेदन पत्र

२.संचालक समितिको विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर तथा सेयरधनीको लगत)

३. कम्पनीको अद्यावधिक प्रबन्धपत्र तथा नियमावली  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

४. कम्पनी अद्यावधिक दर्ता प्रमाण पत्र  

५. स्थायी लेखा नम्बर दर्ताको प्रमाण पत्र  

६.कार्यकारी प्रमुखको विवरण ( नाम, ठेगाना, सम्पर्क नम्बर)

७.कम्पनीको सञ्चालक समितिबाट बोर्डमा सूचिकृत हुने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि

८.कम्पनीको सञ्चालक समितिबाट बोर्डमा सूचिकृत हुने सम्बन्धमा दिएको अख्तियारी

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

९.कम्पनीको वार्षिक कारोबार समेत खुल्ने लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन  

१०.कम्पनीको चुक्ता पूँजी खुल्ने कागजात तथा विवरण

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.