IME remit
  • आईतवार, कार्तिक २,२०८२ 05:11:03
IME remit
Global IME Bank Limited

नेपाली बजारमा ‘एमजी एस५ ईभी’ लञ्च, मूल्य कति ?

Hyundai Nepal
नेपाली बजारमा ‘एमजी एस५ ईभी’ लञ्च, मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । नेपालका लागि एमजी मोर्टसको आधिकारी बिक्रेता,‘पारामाउन्ट मोटर्स’ले नेपाली बजारमा ‘एमजी एस५ईभी’ लञ्च गरेको छ । कम्पनीले काठमाण्डौको हायात रिजेन्सी होटलमा बिहिबार एक कार्यक्रमको आयोजना गर्दै एमजी एस५ ईभीआधिकारीक रुपमा लञ्च गरेको हो ।  

लञ्च कार्यक्रममा मिडियाकर्मी,सक्रिया इन्फ्लुयन्सर,कर्पोरेट क्षेत्रका व्यक्तित्व र विभिन्न बैंकका सीईओहरुको उपस्थिती रहेको थियो ।  

नेपाली बजारमा लञ्चसँगै कम्पनीले एमजी एस५ ईभीले विद्युतीय सवारी साधनको क्षेत्रमा नयाँ अध्याय थप्ने विश्वास गरेको छ । यो कार एमजी जेटएस ईभीको विकल्पको रुपमा आएको हो । यो कार कटिङ–ऐज टेक्नोलोजि,सुधारिएको पर्फरमेन्स र आधुनिक ईभी पारखीहरुका लागि प्रिमियम फिचर्सका साथ उपलब्ध छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

लञ्च इभेन्टमा बोल्दै पारामाउण्ट मोटर्सका जनरल म्यानेजर सुनिल बहादुर क्षेत्रीले भने,‘

एमजी एस५ ईभी ४९ किलोवटा आवर र ६२ किलोवाट आवर गरी दुईवटा ब्याट्री क्षमतामा उपलब्ध छ । ४९ किलोवाट आवर ब्याट्री कम्फट र डिलक्स गरी दुईवटा भेरियन्टमा उपलब्ध छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै ६२ किलोवाट आवर ब्याट्री भने डिलक्स भेरियन्टमा मात्रै उपलब्ध छ । यी दुवै भेरियन्ट ९९ किलोवाटबाट ब्याक्ड अप हुनुका साथै २५० एनएम टर्कबाट सुसज्जित छन् । कम्फट भेरियन्ट सिंगल चार्जमा ३४० किलोमिटरसम्म र डिलक्स भेरियन्ट ४३० किलोमिटरसम्म कुद्छ । कम्पनीले उच्च प्रदर्शनका साथ लामो यात्रा गर्न चाहनेहरुका लागि यो कार उत्तम विकल्प हुने विश्वास लिएको छ ।  

कम्फट र डिलक्स भेरियन्टमा ४९ किलोवाट आवर र ९९ किलोवाट मोटरबाट सुसज्जित  एमजी एस५ ईभीको सुरुवाति मूल्य क्रमशः ४३ लाख ९९ हजार रुपैयाँ र ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ । तथापी ६२ किलोवाट आवर ब्याट्री भएको एमजी एस५ ईभीको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.