आईतवार, चैत्र १०,२०८१ 11:37:55
IME remit
  • आईतवार, चैत्र १०,२०८१ 11:37:55
IME remit
Global IME Bank Limited

फाइनान्स कम्पनीहरुले व्यहोरे रु.५८.९८ करोड घाटा, आइसीएफसीको देखियो ग्रोथ

Hyundai Nepal
फाइनान्स कम्पनीहरुले व्यहोरे रु.५८.९८ करोड घाटा, आइसीएफसीको देखियो ग्रोथ
Nabil Bank Limited

काठमाण्डौ । फाइनान्स कम्पनीहरुले झण्डै ५९ करोड रुपैयाँ घाटा व्यहोरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ फाइनान्स कम्पनी समग्रमा ५८ करोड ९८ लाख रुपैयाँ घाटामा देखिएका छन् ।  

गत आवको सोही अवधिसम्म फाइनान्स कम्पनीहरुले १० करोड ३३ लाख रुपैयाँ नाफा कमाएका थिए । यस अवधिसम्म पोखरा फाइनान्ससहित ७ वटा कम्पनी घाटामा रहेकाले फाइनान्स कम्पनीहरुको समग्र नाफा प्रभावित देखिएको हो । गत आवको माघ महिनासम्म भने ६ वटा फाइनान्सले घाटा व्यहोरेका थिए ।  

चालु आवको ७ महिनासम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा आइसीएफसी फाइनान्स रहेको छ । कम्पनीले १२ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ७६.१५ प्रतिशत बढी हो ।  

Shivam Cement
Bizshala
CG Motors

त्यस्तै, दोस्रो बढी नाफा कमाउने फाइनान्स कम्पनीमा मन्जुश्री फाइनान्स रहेको छ । कम्पनीले १२ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ९.३९ प्रतिशत बढी हो ।  

यसका साथै प्रोग्रेसिभ फाइनान्सले ८ करोड ७७ लाख, मल्टीपर्पस फाइनान्सले २ करोड ११ लाख, नेपाल फाइनान्सले १ करोड ९३ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्सले १ करोड ९२ लाख रुपैयाँ, गुडवील फाइनान्सले १ करोड ६५ लाख र सेन्ट्रल फाइनान्सले ८० लाख रुपैयाँ नाफा कमाएका छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

सो अवधिसम्म सबैभन्दा बढी घाटा ब्यहोर्ने कम्पनीमा भने पोखरा फाइनान्स रहेको छ । कम्पनीले सो अवधिसम्म ५८ करोड ९० लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

त्यस्तै, जानकीले १४ करोड ८४ लाख, रिलायन्स फाइनान्सले १२ करोड ५१ लाख, समृद्धी फाइनान्सले ८ करोड २५ लाख, गोखार्ज फाइनान्सले ३ करोड ४७ लाख, बेष्ट फाइनान्सले २ करोड ३ लाख र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले १ करोड २५ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।

 

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.