बुधबार, असार १०,२०८३ 08:15:55
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:15:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जुनसुकै ब्राण्डका पुराना गाडीहरु टाटाको नयाँ ईभीसँग साट्न सकिने

Laxmi Sunrise Bank Limited
जुनसुकै ब्राण्डका पुराना गाडीहरु टाटाको नयाँ ईभीसँग साट्न सकिने

काठमाण्डौ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले ‘कलरफुल एक्सचेन्ज’ अफर आयोजना गरिरहेको छ। चैत ६ गतेसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरु नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त ईभी गाडीहरुसँग साट्न सकिनेछ। 

यो एक्सचेन्ज क्याम्प चैत ६ गतेसम्म टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरुमा आयोजना भइरहेको छ।यस एक्सचेन्जमा सहभागी भएर ग्राहकहरुले इन्ट्री लेबलमा नेपालको सर्वाधिक रुचाइएको टियागो ईभी, कम बजेटमा एसयुभीको आनन्द दिने पन्च ईभी, अझै धेरै यात्रा गर्नेहरुको लागि नेक्सन के३ ईभी र प्रिमियम एसयुभी कुपेकर्भ ईभीमा आकर्षक डिलहरु पाउन सक्नेछन्।

New Office
CG Motors
Garima Development Bank

यस कलरफुल एक्सचेन्ज कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज र हरेक बुकिङ्गमा आकर्षक गिफ्ट प्राप्त गर्नेछन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस कार्यक्रमको अबसरमा ग्राहकमहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन सक्ने कम्पनीले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.