शनिबार, बैशाख ५,२०८३ 12:38:55
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 12:38:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सांसदद्वय कार्की र झाको अभिव्यक्तिप्रति भाटभटेनी सुपरमार्केटको आपत्ति, 'हामी कहिल्यै गलत क्रियाकलाप पछि लाग्दैनौं'

Bizshala
सांसदद्वय कार्की र झाको अभिव्यक्तिप्रति भाटभटेनी सुपरमार्केटको आपत्ति, 'हामी कहिल्यै गलत क्रियाकलाप पछि लाग्दैनौं'
Shivam Cement

काठमाण्डौ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सांसदहरु गंगा कार्की र मनिष झाले व्यक्त गरेको धारणाप्रति भाटभटेनी सुपर मार्केट प्रालिले आपत्ति जनाएको छ ।  

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बिहीबार एक विज्ञप्ति जारी गरी सांसद कार्की र झाले सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको ‘अवैध भेप’ भाटभटेनीको भनेकोमा आपत्ति जनाएका हुन् ।  

सार्वभौम जनताका प्रतिनिधिमूलक थलो प्रतिनिधिसभामा व्यक्त भएका धारणाहरु तथ्यमा आधारित हुनुपर्छ भन्ने मान्यतामा हामी पनि विश्वास गर्दछौँ । तथापि सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको ‘अवैध भेप’ भाटभटेनीको भनी उहाँहरुले व्यक्त गर्नुभएको धारणामा कुनै पनि सत्यता नभएको स्पष्ट पार्न चाहन्छौँ । गुरुंगबाट जारी विज्ञप्तिमा भनिएको छः तातोपानी भन्सारबाट शिल लगाएर पास गरिएको सामग्रीबाहेक चालक तथा सहचालकले गर्ने हरेक कमजोरीको जिम्मेवारी आयातकर्ताको जिम्मेवारीभित्र नपर्ने जानकारी गराउन चाहन्छौं ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

तातोपानीबाट शिल गरिएको कन्टेनरका चालकले आफू बस्ने सिटमुनि राखी ल्याएको ‘अवैध भेप’सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको हुनाले भाटभटेनीको भनी जनताका प्रतिनिधिले नै ‘ठोकुवा गर्नु’ खेदजनक कार्य भएको विज्ञप्तिमा दाबी गरिएको छ ।  

'मुलुकको समृद्धि र राष्ट्र निर्माणको अभियानको अग्रणी कर्पोरेट संस्थाका बारेमा फैलाइएको कपोलकल्पित, भ्रामक सूचनाका पछि नलाग्न आम नागरिकमा अपील गर्न चाहन्छौँ । पक्राउ परेका चालकलाई राज्यका निकायले निष्पक्ष ढंगले अनुसन्धान गरी सत्यतथ्यबाहिर ल्याउने नै छ भन्ने विश्वास भाटभटेनीको रहेको छ ।' विज्ञप्तिमा अगाडि भनिएको छ-'भाटभटेनी वस्तु व्यापारमा सबैभन्दा बढी कर तिर्ने व्यापारिक संस्था भएको र मुलुकको दीर्घकालीन हित हेर्ने संस्था भएकोले कहिल्यै पनि गलत क्रियाकलापका पछि नलाग्ने पनि यहाँहरुमा विश्वास दिलाउन चाहन्छौँ ।' 

अरबौंँ रुपैयाँ दानदातव्यमा खर्च गरिरहेको संस्थाको बदनामी गराउन ‘अवैध भेप’लाई जोडेर प्रचार गरिनु 'राम्रो काम गर्ने व्यक्तिको मानसिकता कमजोर तुल्याउने षडयन्त्र' भएको समेत भाटभटेनीले दाबी गरेको छ । 

CG Motors
Garima Development Bank
IME remit

एकजना चालकले गरेको अपराधसँग जोडेर भाटभटेनीजस्तो अग्रणी कर्पोरेट संस्थाको बदनाम गराउने कार्यमा नलाग्न समेत गुरुंगले अपील गरेका छन् ।  

'साथै सत्ताको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, नेकपा एमालेसँग पनि जोडेर राखिएका धारणाको जिम्मेवारी स्वयम् माननीय सदस्यहरू नै हुनुहुनेछ भन्ने हामीलाई लागेको छ ।' विज्ञप्तिमा थप भनिएको छ-'अन्त्यमा, फेरि पनि पक्राउ परेका चालकलाई अनुसन्धानको दायरामा ल्याएर सत्यतथ्य सार्वजनिक गरिदिनुहुन राज्यका निकायसँग अनुरोध पनि गर्दछु ।' 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.