काठमाण्डौ । मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्री र वल्ड डिज्नी मर्ज हुने भएका छन् । मर्जर सम्बन्धी दुवै कम्पनीको आधिकारीक घोषणा यो साताको अन्तिमसम्म हुन सक्ने जनाइएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनु्सार मर्जरपश्चात बन्ने कम्पनीमा रिलायन्सको ५१ देखि ५४ प्रतिशत,डिज्नीको ४० प्रतिशत र जेम्स मर्डोक तथा उदय शंकरको ज्वाइन्ट भेन्चर कम्पनी बोधी ट्रीको ९ प्रतिशत स्वामित्व रहनेछ ।
यस्तै ब्लूमबर्गको रिपोर्टका अनुसार दुवै कम्पनीबीच यहि साताभित्र अन्तिम सम्झौता हुन सक्छ । रिपोर्टका अनुसार डिज्नीले आफ्नो भारतको व्यापारको ६१ प्रतिशत स्वामित्व भायाकम १८ लाई ३.९ अर्ब डलरको मूल्यांकनमा बिक्री गर्ने सहमति व्यक्त गरेको छ । भायाकम १८ को मालिक रिलायन्सका अध्यक्ष मुकेश अम्बानी हुन् ।
मर्जरपश्चात बन्ने नयाँ कम्पनीको अध्यक्ष मुकेश अम्बानीकी श्रमती नीता अम्बाी हुने सम्भावना उच्च रहेको जनाइएको छ । नीता अम्बानीले हालै रिलायन्स इन्डस्ट्रिजको सञ्चालक समितिबाट राजीनामा दिएकी थिइन् । -एजेन्सी