शुक्रबार, असार १९,२०८३ 11:40:31
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 11:40:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यो साता ‘सिमेट्रिकल ट्रेन्डलाईन’ब्रेक डाउन गरेको बजारले कति–कतिमा लिन सक्छ अबको सपोर्ट ?

Laxmi Sunrise Bank Limited
यो साता ‘सिमेट्रिकल ट्रेन्डलाईन’ब्रेक डाउन गरेको बजारले कति–कतिमा लिन सक्छ अबको सपोर्ट ?

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । ४ दिनमा बजार २ दिन बढ्यो भने २ दिन नै घट्यो  । अघिल्लो साता २ हजार ७४८.७८ विन्दुमा बन्द  भएको बजार यो साता २ हजार ६८०.४४ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता समग्रमा बजार ६८.३४ अंकले घट्यो । अघिल्लो साता भने बजार ७३.२७ अंकले बढेको थियो  ।

यो साता ४ दिनको कारोबारमा ३७ अर्ब ५४ करोडबराबरको कारोबार भयो । अघिल्लो साता पाँच दिनको कारोबारमा ४७ अर्ब १७ करोड अर्बबराबरको कारोबार भयो । यस हिसाबले यो साता दैनिक औषत कारोबार ९ अर्ब ३८  करोडबराबर भयो । अघिल्लो साता यस्तो दैनिक औषत कारोबार ९ अर्ब ४३ करोड रुपैयाँबराबर भएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

यस हिसाबले यो साता बजार बढ्दा सेयर कारोबार र सूचक दुवैमा गिरावट आयो । यो साता नेप्सेमा बजार पूँजीकरण ४२ खर्ब ६३ अर्ब पुगेको छ । यस्तो बजार पूँजीकरण अघिल्लो साता ४३ खर्ब ७६ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजार घट्दा बजार पूँजीकरण १ खर्ब १३ अर्बले घट्यो ।  

प्राविधिक पक्षः  

सिमेट्रिकल ट्रेण्डलाइनको आधारमा  

सिमेट्रिकल ट्रेण्डलाइनको आधारमा यो साता नेप्सेले लोअर लाइनमा ब्रेक डाउन दिएको छ । अघिल्ला २ साताहरुमा पटक पटक नेप्सेले अपर लाइन अर्थात २७८७ विन्दुुहरुमा प्रतिरोध सामाना गरे पछि यो साता तल ब्रेक डाउन दिएको हो । यसले बजारमा अझै पनि थप बिक्री दबाब आउन सक्ने देखिन्छ ।  

यो साता नेप्सेले डाउ थेउरीको आधारमा लोअर हाई बनाएको देखिन्छ । बजारलाई इअिलअट वेभ अनुसार अघिल्लो साता हामीले गरेको विश्लेषणअनुसार यो साताको बजारले वैकल्पिक बाटो समाएको देखिन्छ । अर्थात बजारले करिब २८ सय आसपास वेभ ‘बी’ बनाएको र अब वेभ ‘सी’ चल्न सक्ने देखिन्छ । वेभ सीमा बजारमा केही करेक्सन नै हुने गर्छ । यद्यपी ‘सी’ वेभ टंंकेशन पनि हुन सक्ने भएका कारण बजार २५ सय भन्दा माथिकै विन्दुबाट रिभर्सल लिन सक्छ भन्ने हाम्रो विश्लेषण हो । बजारलाई अघिल्लो बुलमा चलेको मुभिङ एभरेजको आधारमा हेर्दा पनि एउटा र्यालि पछि बजार ५० दिने मुभिङ एभरेजमा सपोर्ट लिएर फर्केको कारण पनि यो पटक बजारले त्यही लाइन आसपास नै सपोर्ट लिन सक्छ ।  

माथि मूख्य तस्बिर  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मुभिङ एभरेजका आधारमा  

यो साता बजार घटेता पनि नेप्से ५० दिन मुभिङ एभरेज भन्दा माथि नै रहेको छ । यस्तो ५० दिने मुभिङ एभरेज २ हजार ६६० को विन्दुमा देखिन्छ । यसको अर्थ यो साता २ हजार ६८० विन्दुमा बन्द भएको बजारले आगामी साता २ हजार ६६० विन्दुमा बलियो सपोर्ट लिन पनि सक्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २९०९

प्रतिरोध २ – २८४६

प्रतिरोध १–  २७९७

पिभट् प्वइन्टः २७३९

घटेमा सपोर्ट  

सपोर्ट १– २६९०

सपोर्ट २– २६३७

सपोर्ट  ३ –२५८२

निष्कर्षः यो साता नेप्से करिब ६८ अंकले बजार घट्दा कारोबार पनि घट्यो । आधारभूत रुपमा प्रयाप्त तरलता रहँदा र ब्याज दर पनि न्यून विन्दुमा आउँदा बजारले गति लिन नसक्नु भनेको लगानीकर्ताको मनोबाल बढ्न नसक्नु नै मुख्य कारण देखिन्छ । चाडपर्व पछि यो साता बजारले गति लिने अपेक्षा विपरित बजारमा करेक्सन आएको छ । यसरी तरलता सहज  हुँदा हुँदै पनि बजारमा गिरावट आउनुले बजारमा नीतिगत सुधार नै आवश्यक देखिन्छ ।  

प्राविधिक रुपमा पिभट् मार्फत यो साताको बजारलाई नियाल्दा पिभट् प्वइन्ट २७३९ विन्दुबाट तल खस्यो । यो साता पिभट्को पहिलो सपोर्ट पनि ब्रेक गरेको बजारले अब क्रमशः दोस्रो र तेस्रो सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.