मंगलवार, असार १६,२०८३ 11:07:59
Bizshala
  • मंगलवार, असार १६,२०८३ 11:07:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ब्रोकरहरुले १८% सम्म ब्याज असुली गरेको लगानीकर्ताहरुको आरोप, अनुसन्धान गर्ने सेबोनको भनाई

Laxmi Sunrise Bank Limited
ब्रोकरहरुले १८% सम्म ब्याज असुली गरेको लगानीकर्ताहरुको आरोप, अनुसन्धान गर्ने सेबोनको भनाई

काठमाण्डौं । धितोपत्र कारोबारमा केही ब्रोकरहरुले लगानीकर्ताहरबाट चर्को ब्याज असुली गरिरहेको लगानीकर्ताहरुले आरोप लगाएका छन् । नागरिक स्टक डिलर(स्टक ब्रोकर नम्बर ६०)ले सेयर लगानीकर्ताहरुबाट १८ प्रतिशतसम्म ब्याज असुली गर्ने गरेको नागरिक स्टक डिलरको बानेश्वरस्थित कार्यालयमा भेटिएका केही लगानीकर्ताले गुनासो गरेका हुन् ।  

नाम उल्लेख नगर्ने शर्तमा एक लगानीकर्ताले निकै भावुक हुँदै भने ‘हामी नयाँ ब्रोकर भनेर पुरानो छोडेर आयौं । तर अहिले तातो तेलको तावाबाट आगोको भुङ्ग्रोमा परेका माछा जस्तै भएका छौं ।’ उनले थप्दै भने, ‘मलाई यो ब्रोकरले साढे ४ लाख रुपैँया त ब्याज नै तिर्न भनेको छ । मैले ब्रोकरसँग कुनै कागजी सम्झौता गरेको छैन । तर ब्रोकरले बजार घटेर थाल खाउ कि भात खाउ भएको बेला झनै समस्यामा पारेको छ ।’

New Office
CG Motors
Garima Development Bank

ब्रोकरले त्यस्तो हिसाव लेजरमा नदेखाउने तर हिसाब भने माग्ने गरेको उनले बताए । ‘यदि धितोपत्र बोर्डबाट कानूनि रुपमा नै मिल्ने हो भने कागजी सम्झौता गरेर सबै लगानीकर्ताहरुलाई चार्ज गर्नु पर्छ,’ उनले भने । तर ब्रोकरले केही लगानीकर्ताहरुलाई मात्रै यस्तो ब्याज असुली गरेर पक्षपात गरेको नागरिक स्टक डिलरमा भेटिएका एक लगानीकर्ताले गुनासो गरे ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरि ठूलो ब्रोकर भनेर चिनिएको नासा सेक्यूरिटिज(स्टक ब्रोकर न.५८)मा भेटिएका एक लगानीकर्ताले पनि नाम उल्लेख नगर्ने शर्तमा आफूले पनि ब्रोकरको ब्याजको पासोमा परेको गुनासो गरे । यस विषयमा नगारिक स्टक डिलरमा बुझ्न खोज्दा ब्रोकर सञ्चालकले कुनैपनि प्रतिक्रिया दिन चाहेनन् । धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले हाल ब्रोकरहरुबाट मार्जिन कारोबारको व्यवस्था नभएता पनि लगानीकर्ता र ब्रोकरहरुबीचमा सम्झौता भएर यस्तो कारोबार भएको हुनसक्ने बताए । उनले यस विषयमा ब्रोकरहरुले भने मनलाग्दी चर्को ब्याज लिन नमिल्ने र आफूहरुले यस विषयमा बुझ्ने पनि जानकारी दिए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.