शनिबार, असार १४,२०८२ 06:25:00
  • शनिबार, असार १४,२०८२ 06:25:00
Global IME Bank Limited

२ हजारको विन्दुमा अडेको बजार प्राविधिक रुपमा अब कता ?

Hyundai Nepal
२ हजारको विन्दुमा अडेको बजार प्राविधिक रुपमा अब कता ?
Nabil Bank Limited

काठमाण्डौ । नेप्सेमा डेढ महिना अघि अर्थात माघ ३ गते करीब १० अर्बको उच्च कारोबार भएको थियो । त्यसपछि शुटिङ स्टार बनाएर खसेको बजार करीब १९७५ सम्म आयो । 

त्यहाँबाट सानो–सानो अंकले बढेको बजार आज पनि २ हजार माथि टिकेको छ । तर बजारले खासै गति लिन भने सकेको देखिदैन । बजार किन बढ्न सकेन भनेर बजारमा सोधखोज गर्दा लगानीकर्ताहरुको आत्मविश्वासको कमीले बढ्न नसकेको जानकार बताउँछन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

तर प्राविधिक रुपमा भने अवस्था केही भिन्न रहेको देखिन्छ । अहिले सेयर बजारमा धेरे लगानीकर्ताहरु प्राविधिक पक्ष नै नियालेर कारोबार गर्ने गरेको पाइन्छ । यही कारण अहिले लगानीकर्ताहरुले बजारमा अघिल्लो पटकको सपोर्ट विन्दु २०२५ को ब्रेक आउटको प्रतिक्षा गरेको देखिन्छ । सेयरबजारमा अघिल्लो पटकको सपोर्ट विन्दु पछिल्लो पटकको प्रतिरोध हुने गर्छ ।  

त्यसै कारण बजारमा धेरै लगानीकर्ताहरु सेयर कारोबार सम्बन्धी निर्णय अन्तिम समयसम्म कुरेर मात्रै निर्णय लिने गरेका छन् । यही विषयलाई प्राविधिक रुपमा भन्नु पर्दा  धेरै लगानीकताहरुले  डाउ थेउरीमा हायर–लो कन्फर्मेशन कुर्दा बजार बढ्न नसकेको देखिन्छ । क्याण्डल स्टिकको आधारमा आजको बजारलाई नियाल्दा डोजी प्रकृतिको क्याण्डल बनेको देखिन्छ । जसलाई अनिर्णयको संकेत मानिन्छ । यद्यपी आजको क्यान्डलको उच्च विन्दु २०१० पनि महत्वपूण देखिएको छ ।  

त्यस पछिको नजिकको प्रतिरोध २०२५, २०६० र २११० मा देखिन्छ । त्यसै गरि घटेमा भने यस अघिका सपोर्टका विन्दुहरुनै अबका सपोर्ट प्वाइन्ट १९७५,१९५० र १९३० मा हुन सक्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.