काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले आव २०८०÷८१ का लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ५.७५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता १ हजार ३४७.४५ रुपैयाँ कायम भएको छ । आइतबारको कारोबारबाट यहि मूल्यमा आधारमा बैंकको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । समायोजअघि बैंकको सेयरमूल्य प्रतिकित्ता १ हजार ४२४.९३ रुपैयाँ कायम थियो ।
बैंकले आफ्ना सेयरधनीहरुलाई गत आवसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र ०.३०२७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ६.०५२७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
लाभांश पारित गर्न बैंकलेले चैत २७ गते बाग्लुङ नगरपालिकामा रहेको होटल पिस प्यालेसमा बिहान ११ बजेदेखि १२ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ ।