शनिबार, श्रावण २३,२०८३ 12:39:52
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 12:39:52
Bizshala
Global IME Bank Limited

राधी जलविद्युतको सेयर ‘स्ट्रङ बुलिस’ सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

राधी जलविद्युतको सेयर ‘स्ट्रङ बुलिस’ सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
New Office

काठमाण्डौ । राधी जलविद्युत कम्पनी नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत हाईड्रो समूहको कम्पनी हो । लमजुङ्ग जिल्लामा स्थापित ४.४ मेगावटको यो कम्पनीले विभिन्न अन्य जलविद्युत कम्पनीमा पनि लगानी गरेको छ । यो कम्पनी आइएसओ ९००१ सर्टिफाइड कम्पनी हो ।  

 

 

आधारभूत पक्षः  

यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको चुक्तापूँजी १ अर्व ७५ करोड ५५ लाख रुपैयाँबराबर रहेको छ । त्यसैगरि कम्पनीको जगेडा कोषमा ४० करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल पूँजी २ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।  

साथै,कम्पनीको खुद मुनाफा ६ करोड ३४ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ७.२२ रुपैयाँ , बुक भ्यालु १२३ रुपैयाँ र रिर्टन अन इक्विटी ५.८६ प्रतिशत रहेको छ ।  

प्राविधिक पक्ष  

इलिअट वेभ

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एकदिनदेखि एकसय वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यस आधारमा यो कम्पनी हाल ईलिअट वेभको पाँचौ वेभमा चल्दै गरेको देखिन्छ । जसअनुसार कम्पनीको सेयर प्रतिकित्ता ४८० रुपैयाँसम्म पुग्न पनि सक्छ ।  

फियर एण्ड ग्रिड इन्डेक्स

फियर एण्ड ग्रिड इन्डेक्समा यो कम्पनी ८० को तहमा स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यो भनेको कम्पनीको सेयरमा अधिक खरिद–बिक्री भएको छ भन्ने हो ।  कम्पनीको ५२ साताको उच्च मुल्य प्रतिकित्ता ४६३ रुपैयाँ र न्यून मूल्य २२६ रुपैयाँ रहेको छ । कम्पनीको शतप्रतिशत सेयर सर्वसाधारणमा परिणत भएको छ । कम्पनीको ६ वर्षको वार्षिक औषत लाभांशदर १२ प्रतिशत रहेको छ ।  

बोलिङ्गर ब्याण्ड

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर मुल्य हाल अपर ब्याण्डमा चलेको छ । आज अपर ब्याण्डमा शुटिङ स्टार बनेको देखिन्छ । यस कारण आगामी दिनमा कम्पनीको सेयर मूल्यमा सम्भावित रुपमा करेक्सन आउन पनि सक्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआई भने ओभर बट जोन ७३ को तहमा चलेको देखिन्छ । यसकारण विभिन्न इन्डिकेटरबाट नियाल्दा यस कम्पनीको सेयरमा अल्पकालिन करेक्सनको सम्भावना रहन्छ ।

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ४७८

प्रतिरोध २ – ४५४

प्रतिरोध १–  ४२२

पिभट प्वइन्टः ३९७

घटेमा सपोर्ट  

सपोर्ट १– ३६५

सपोर्ट २– ३४१

सपोर्ट  ३ –३०९

निष्कर्षः आधारभूत रुपमा यो कम्पनीको अवस्था सन्तोषजनक नै देखिन्छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा कम्पनीको प्रतिसेयर आम्दानी, खुद मुनाफा र रिर्टन अन इक्विटी घटेको छ । कम्पनीको चूक्तापूँजी बढ्दै जाँदा रिर्टन अन इक्विटीमा खासै सुधार आएको छैन । प्राविधिक  रुपमा यो कम्पनी सेयर भाउले एकदेखि पाँचवटा वेभ बनाएर चलेको देखिन्छ । जसअन्तर्गत कम्पनीको सेयर भाउ करिब प्रतिकित्ता ४८० रुपैयाँसम्म पुग्न पनि सक्छ । आज बनाएको क्याण्डलको आधारमा नियाल्दा यस कम्पनीको सेयर मूल्यले अल्पकालिन करेक्सन लिन सक्ने सम्भावना पनि रहन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.