शुक्रबार, असार १९,२०८३ 09:44:49
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 09:44:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ट्रम्पको कडा भन्सार शुल्कप्रति चीनको प्रतिक्रिया, ‘हामी चुप बस्दैनौं’

Laxmi Sunrise Bank Limited
ट्रम्पको कडा भन्सार शुल्कप्रति चीनको प्रतिक्रिया, ‘हामी चुप बस्दैनौं’

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२५ प्रतिशत कर लगाएपछि चीनले पनि कडाइ गरेको छ । एक चिनियाँ अधिकारीले अमेरिकी ट्यारिफप्रति प्रतिक्रिया जनाउदै चीन चुप लागेर नबस्ने बताएका छन् ।  

अमेरिकाले चीनमा १०४ प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले जवाफी कारबाही गरेको थियो । चीनको अर्थ मन्त्रालयले अमेरिकाबाट आयात हुने वस्तुमा ३४ प्रतिशतबाट बढाएर ८४ प्रतिशत पुर्याउने घोषणा गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

यस कारबाहीको बदलामा ट्रम्पले चिनियाँ सामानमा आयात शुल्क १०४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्याएका छन् ।  

चीनको समाचार एजेन्सी सिन्ह्वाले वाणिज्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘आफ्ना जनताको अधिकार र हितमा ठेस पुग्दा चिनियाँ सरकार कुनै पनि हालतमा चुप लाग्दैन।’  एउटा चिनियाँ राज्य पत्रिकाले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘वैश्विक एकताले व्यापार अत्याचारमाथि विजय हासिल गर्न सक्छ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस लेखमा जापान, दक्षिण कोरिया र अन्य एशियाली अर्थतन्त्रहरूसँग बेइजिङको सहयोग उल्लेख छ। यसैबीच चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओले युरोपेली व्यापार आयुक्त मारोस सेफकोभिक र मलेसियाका व्यापारमन्त्री जाफरुल अजिजसँग वार्ता गरेका छन् । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.