सोमबार, भाद्र १,२०८३ 08:07:14
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 08:07:14
Bizshala
Global IME Bank Limited

भारतको हालसम्मकै ठूलो बैंकिङ घोटालाका आरोपी बेल्जियममा पक्राउ

भारतको हालसम्मकै ठूलो बैंकिङ घोटालाका आरोपी बेल्जियममा पक्राउ
New Office

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बैंकिङ घोटालाका फरार हिरा व्यापारी मेहुल चोक्सी बेल्जियममा पक्राउ परेका छन् । भारतको केन्द्रीय अनुसन्धान ब्यूरो अर्थात् सीबीआईको अनुरोधमा चोक्सीलाई गिरफ्तारी गरिएको हो ।

समाचार एजेन्सी पीटीआईले आधिकारिक स्रोतलाई उद्धृत गर्दै व्यापारी मेहुल चोक्सीलाई पक्राउ गरिएको जनाएको छ । हिरा व्यापारी मेहुल चोक्सी र उनका भतिजा नीरव मोदीमाथि सरकारी स्वामित्वको पञ्जाब नेशनल बैंकको करिब १३ हजार ५०० करोड रुपैयाँ हिनामिना गरेको आरोप छ।

बेल्जियमका व्यापारी मेहुल चोक्सीलाई सुपुर्दगी गर्नका लागि भारतीय एजेन्सी, प्रवर्तन निर्देशनालय र सीबीआईले यो कदम चालेको जनाइएको छ ।  

Bizshala
CG Motors

सन् २०१८ को सुरुमा पञ्जाब नेशनल बैंकमा हजारौं करोड रुपैयाँको घोटाला प्रकाशमा आएको थियो।

हीरा व्यापारी नीरव मोदी बाहेक उनकी श्रीमती एमी, उनका भाइ निशाल र काका मेहुल चोक्सी यस घोटालामा मुख्य आरोपी छन्। नीरव मोदी हाल लन्डन जेलमा छन् र उनको जमानत आवेदन पटक पटक रद्द भइसकेको छ। उनी भारत सुपुर्दगीको विरुद्धमा कानुनी लडाइँ लडिरहेका छन् ।

यी सबै अभियुक्तहरुले बैंकका पदाधिकारीहरुसँग मिलेर षड्यन्त्र गरेर बैंकलाई नोक्सान पुर्याएको बैंकको दाबी छ । जब नेशनल बैंकले जनवरी २०१८ मा नीरव मोदी, मेहुल चोक्सी र उनीहरूका सहयोगीहरू विरुद्ध पहिलो पटक उजुरी दायर गरेको थियो।

यस उजुरीमा उनीमाथि २८० करोड रुपैयाँ घोटाला गरेको आरोप लगाइएको थियो ।

फेब्रुअरी १४ मा आन्तरिक अनुसन्धान पूरा भएपछि पञ्जाब नेशनल बैंकले बम्बई स्टक एक्सचेन्जलाई यो ठगीको जानकारी गराएको थियो । रिपोर्टका अनुसार यो भारतको सबैभन्दा ठूलो बैंकिङ घोटाला थियो। चोक्सी र उनका भतिजा नीरव मोदी यस मुद्दामा आरोपी छन्। सीबीआई र सुपुर्दगी निर्देशनालय (ईडी) चोक्सीको खोजीमा छन्।

मेहुलले आफ्ना बुबा चिनुभाई चोक्सीको हिरा काट्ने र पालिस गर्ने व्यवसायदेखि लिएर विदेशी कम्पनीहरू किन्ने बाटो देखाए।

तर एक समय यस्तो आयो जब कम्पनीको खराब प्रतिष्ठाका कारण कर्मचारी आफैंले जागिर छाडेका थिए । उनकी बहिनीको नाममा रहेको गीताञ्जली कम्पनीले सन् २००६ मा आईपीओमा प्रवेश गर्दा ३३० करोड रुपैयाँ संकलन गरेको थियो । त्यसपछि सन् २०१३ मा यस्तो समय आयो, जब सेबीले मेहुलको फर्मलाई हेरफेरको आशंकामा ६ महिनाको लागि सेयर बजारमा व्यापार गर्नबाट रोकेको थियो ।  

सन् २००८ मा, जब कट्रिना कैफले आफ्नो हीराको प्रचार गरे, कम्पनीको बिक्री एक वर्षमा ६० प्रतिशतले बढ्यो। त्यसपछि सन् २०१८ मा कम्पनीका पूर्व प्रबन्ध निर्देशक सन्तोष श्रीवास्तवले गीताञ्जलीले आफ्ना ग्राहकहरूलाई नक्कली हीरा बेचिरहेको आरोप लगाएका थिए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.