काठमाण्डौ । पेरुका पूर्व राष्ट्रपति ओलान्टा हुमालालाई भ्रष्टाचार आरोपमा १५ वर्षको जेल सजाय सुनाइएको छ । पेरुको अदालतले मंगलबार हुमालालाई ब्राजिलको एक निर्माण कम्पनीबाट भ्रष्टाचार लिएको मुद्दामा दोषी ठहराउदै १५ वर्षको जले सजाय सुनाएको हो ।
हुमाला र उनकी पत्नीमाथि सन् २०११ को चुवानी अभियानका दौरान ब्राजिलको निर्माण कम्पनी ओडिब्रिचेट(अहिले नोभोनोर) पैसा लिएको आरोप लगाइएको छ । अदालतले हुमालाकी पत्नी नादिना हेरेडियालाई पनि १५ वर्षको जेल सजाय सुनाएको छ ।
अदालतको निर्णयसँगै हेरेडिया आश्रय माग्दै ब्राजिलको राजदुतावास गएकी छिन् । हेरेडियाका वकिले उनलाई क्यान्सर भएको र यसअघि उपचारका लागि ब्राजिल जान अनुमति माग गरिएकोमा अस्वीकार गरिएको बताएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।