मंगलवार, असार १६,२०८३ 04:37:01
Bizshala
  • मंगलवार, असार १६,२०८३ 04:37:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गत आव घाटामा रहेको सेन्ट्रल फाइनान्स नाफा आर्जन गर्न सफल, वितरणयोग्य मुनाफा भने अझै ऋणात्मक

Laxmi Sunrise Bank Limited
गत आव घाटामा रहेको सेन्ट्रल फाइनान्स नाफा आर्जन गर्न सफल, वितरणयोग्य मुनाफा भने अझै ऋणात्मक

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेड घाटाबाट माथि उठ्दै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ६ करोड १४ लाख रुपैयाँ घाटामा थियो । यद्यपी कम्पनीको खुद ब्याज आम्दानी भने घटेको छ । कम्पनीको खुद ब्याज आम्दानी २७.८९ प्रतिशतले घटेदै १३ करोड १ लाखमा सीमित बनेको छ । कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी २८.५९ प्रतिशतले बढ्दै १ करोड ६३ लाख र अन्य सञ्चालन आम्दानी ४३३.८९ प्रतिशतले बढेर १ करोड ७ट लाख रुपैयाँ पुगेको छ ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको सञ्चालन मुनाफा २ करोड ४० लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङ ३६ करोड ३१ लाख रुपैयाँ ऋणात्मक कायम छ । रिजर्भको आकार भने ३० करोड ३२ लाखबाट बढेर ४१ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीको निक्षेप संकलन ७ अर्ब २३ करोड र कर्जा प्रवाह ४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा अनुपात भने ९.८७ प्रतिशतबाट बढेर १२.०१ प्रतिशत पुगेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको वितरणयोग्य मुनाफा ३६ करोड ३१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२.३९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८९८.४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात २५३.९२ गुणा र तरलता अनुपात ४२.१५ प्रतिशत कायम भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.