काठमाण्डौ । नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले आगामी मार्च महिनामा आफ्नो ७ औं बार्षिकोत्सब मनाउँदैछ । नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड म्यारिअटलाई भित्र्याएको यस होटलले आफ्नो ७ औं वार्षिकोत्सव मनाउन लागेको हो ।
वितेका सात वर्षमा फेयरफिल्ड काठमाण्डौले न्यानो आथित्यताका साथमा पस्केको लक्जरी, आरामदायिता र साँस्कृतीक विविधताको अद्धितीय अनुभव गरेका हजारौं स्वदेशी तथा विदेशी पर्यटकहरुले होटलको खुलेर प्रशंसा गर्दै आएको होटलले जनाएको छ ।
फेयरफिल्ड काठमाण्डौमा तीनवटा रेष्टुराँहरु, अल डे डाईनिङ्ग रेष्टुराँ काभा, जापानीज रेष्टुराँ काकु काकु सिका जिका र मेडिटेरिअन ओचो स्काई लाउन्जबाट सेवा दिदै आईरहेको छ । काभामा नेपाली, ईण्डियन र वेष्टर्न खानाहरु पस्किने गरिएको छ भने काकु काकु सिका जिकामा सुसी रोल, टेपनयाकी जस्ता प्रसिद्ध जापानी खाना पाईन्छ ।
ओचो स्काई लाउन्जमा भने काठमाडौं शहरको रङ्गिन वातावरण नियाँल्दै इटालियन र स्पेनिस खानको स्वाद लिने अवसर मिल्नेछ । यद्यपि कुनै पनि रेष्टुराँमा बसेर कुनै पनि मेन्यु बाट खानाको अर्डर गर्न सकिने अवसर फेयरफिल्डले दिंदै आएको होटलले जनाएको छ ।