सोमबार, भाद्र १,२०८३ 05:14:15
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 05:14:15
Bizshala
Global IME Bank Limited

नरेन्द्र मोदी महान नेता हुन्,भारतसँगको सम्बन्ध सुदृढ बनाउन तत्पर छौं: अमेरिकी उपराष्ट्रपति

नरेन्द्र मोदी महान नेता हुन्,भारतसँगको सम्बन्ध सुदृढ बनाउन तत्पर छौं: अमेरिकी उपराष्ट्रपति
New Office

काठमाण्डौ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी महान नेता भएको बताएका छन् ।  भारत भ्रमणमा रहेका भान्सले सोमबार प्रधानमन्त्री मोदीसँगको भेटबारे प्रतिक्रिया दिदै यस्तो बताएका हुन् ।  

उनले आफ्नो सोशल मिडिया अकाउन्ट एक्समा लेखेका छन्, ‘आज साँझ प्रधानमन्त्री मोदीलाई भेट्नु मेरो लागि सम्मानको कुरा हो। उहाँ एक महान नेता हुनुहुन्छ र उहाँले मेरो परिवारलाई राम्रो व्यवहार गर्नुभयो । म राष्ट्रपति ट्रम्पको नेतृत्वमा भारतका जनतासँगको हाम्रो मित्रता र साझेदारीलाई सुदृढ बनाउने दिशामा काम गर्न तत्पर छु।’

Bizshala
CG Motors

जेडी भान्स आफ्नी पत्नी उषा भान्स र तीन छोराछोरीसँग भारत भ्रमणमा आएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अमेरिकी उपराष्ट्रपति र उनको परिवारलाई प्रधानमन्त्री निवास ७ लोककल्याण मार्गमा स्वागत गरे। यस भेटको बारेमा प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनको परिवारलाई नयाँ दिल्लीमा स्वागत गर्न पाउँदा खुसी छु। मेरो अमेरिका भ्रमण र राष्ट्रपति ट्रम्पसँगको भेटपछि हामीले भारत–अमेरिका सम्बन्धमा द्रुत प्रगतिको बारेमा छलफल गर्यौं। हाम्रा दुवै देश व्यापार, प्रविधि, रक्षा, ऊर्जा र जन सम्बन्ध जस्ता धेरै क्षेत्रमा एकअर्कासँग काम गर्न तयार छन्।’

प्रधानमन्त्री मोदीले भारत र अमेरिकाबीचको साझेदारीलाई २१ औं शताब्दीको महत्वपूर्ण साझेदारीको रुपमा व्याख्या गरेका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.