शनिबार, असार १४,२०८२ 03:19:45
  • शनिबार, असार १४,२०८२ 03:19:45
Global IME Bank Limited

फागुन २४ देखि २८ गतेसम्म ‘चेम्बर एक्स्पो २०२४’आयोजना हुने

Hyundai Nepal
फागुन २४ देखि २८ गतेसम्म ‘चेम्बर एक्स्पो २०२४’आयोजना हुने
Nabil Bank Limited

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ७ औं चरणको ‘चेम्बर एक्स्पो २०२४’ काठमाण्डौको भृकुटीमण्डपमा फागुन २४ देखि २८ गते सम्म सञ्चालन हुने भएको छ । स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो हुन लागेको हो ।

एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका बस्तुहरु प्रर्दशनीमा राखिने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।  

घर–जग्गा व्यवसाय, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निमार्ण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरु समेत प्रर्दशनीमा रहने छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

कृषि, हस्तकला लगायत स्थानीय स्तरमा उत्पादित वस्तुहरुको बजार प्रर्वद्धन एवं साना व्यवसायीहरुको आर्थिक गतिविधी विस्तार गर्नका लागि एक्स्पोको आयोजना गरिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।  

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र सँगको सहकार्यमा चेम्बर एक्स्पो हुन लागेको हो ।  

प्रर्दशनीमा  राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहने आयोजक चेम्बरले उल्लेख गरेको छ ।  

एक्स्पोमा फोकस कन्ट्रीका रुपमा दक्षिण कोरिया रहेको छ । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रहरूलाई एकीकृत गर्ने चेम्बर अफ कमर्सको मुख्य उद्देश्य रहेको छ । क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधी, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने अध्यक्ष मल्लले बताए ।  

प्रर्दशनीमा इण्डियन चेम्बर अफ कमर्शको अगुवाईमा भारत आयुष एक्जिविशन कन्फरेन्स समेत सञ्चालन हुनेछ । प्रर्दशनीमा नेपालमा रहेका बंगलादेश, रुस र मलेसियाको वाणिज्य शाखाको पनि सहभागिता रहनेछ ।  यस्तै बंग्लादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरुले प्रदर्शनीमा सहभागिता जनाउनेछन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.