बिहीबार, आश्विन २३,२०८२ 04:29:57
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 04:29:57
IME remit
Global IME Bank Limited

दिपल ईभीमा अब प्रि–बजेट अफर

Hyundai Nepal
दिपल ईभीमा अब प्रि–बजेट अफर
Shivam Cement

काठमाण्डौ । नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा उच्चकोटीको इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपल इभी खरिद गर्ने सोच बनाएका ग्राहकका आकर्षक अफरहरुसहितको ‘अनमिसेबल’ (छुटाउनै नमिल्ने) प्रि–बजेट स्किमको घोषणा गरेको छ ।  

बजेट आउनुभन्दा पहिले सार्वजनिक गरिएको यो स्किम बेजोड स्टाइल र अद्वितीय फिचरहरुले भरिएको दिपल इभीलाई आकर्षक अफरहरुसहित खरिद गर्ने यो अनुपम समय हुने कम्पनीले जनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘अनमिसेबल प्रि–बजेट अफर’ मा ग्राहकले अहिलेसम्मकै राम्रो नगद छुट र ग्राहकको पुरानो गाडीमा एक्सचेञ्ज बोनसको व्यवस्था गरिएको छ । साथै, ग्राहकले आर्थिक वर्ष २०८२÷८३ को निःशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बीमा पनि पाउने छन् ।  

नेपालमा छोटो समयमै निकै रुचाइएको दिपल इभीको खरिद गर्ने सपनालाई सहज बनाउन एमएडब्लु वृद्धिले मात्र २० प्रतिशत डाउनपेमेन्टमै ८.९९ प्रतिशत ब्याजदरको व्यवस्था पनि गरेको छ । साथै, बैशाख १० गतेदेखि ४५ दिनका लागि चल्ने यो अफरमा ग्राहकले निःशुल्क ७ किलोवाटको वाल चार्ज र ३ किलोवाटको ट्राभल चार्जर पनि पाउने छन् । बजारमा विद्युतीय सवारीसाधनमा कल बढ्ने हल्ला फैलिरहेको बेला दिपल इभीलाई आकर्षक अफरहरुसहित पुरानो मूल्यमा खरिद गर्ने यो नै अन्तिम मौका हुनसक्ने कम्पनीको भनाई छ ।  

नेपालमा सार्वजनिक भएको मात्र एक वर्षमा आठसय भन्दा बढी विक्री रेकर्ड राखेर दिपल नेपालको नं १ लक्जरी इभी ब्रान्डका रुपमा आफूलाई स्थापित गरिसकेको छ । हाल नेपालमा दिपलको एस०७, एस०७ एल, एल०७ र ई०७ गरी चार प्राविधिक रुपमा उच्च कोटीको इभी मोडेल छन् । यी इभीहरुमा उपलब्ध ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचरहरुको माध्यमबाट दिपलले इभीबाट ग्राहकले गर्ने अपेक्षालाई पुन–परिभार्षित गरेको छ ।  

साथै, ग्राहकको सहजता तथा इभी इकोसिस्टमलाई मलजल गर्न एमएब्लु वृद्धिले हाल नेपालका १०० भन्दा बढी स्थानमा चार्जिंग स्टेसन संचालन गर्दै आएको छ जुन नेपालकै सबैभन्दा ठूलो चार्जिंग सञ्जाल हो ।

Nabil Bank Limited

यो पनि हेर्नुहोस

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.