सोमबार, भाद्र १,२०८३ 05:15:56
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 05:15:56
Bizshala
Global IME Bank Limited

क्यानडामा लिबरल पार्टीले जित्यो चुनाव, पूर्व गभर्नर कार्नी प्रधानमन्त्रीमा यथावत रहने

क्यानडामा लिबरल पार्टीले जित्यो चुनाव, पूर्व गभर्नर कार्नी प्रधानमन्त्रीमा यथावत रहने
New Office

काठमाण्डौ । क्यानडाको आम चुनावमा मार्क कार्नीको लिबरल पार्टीले जित हासिल गरेको छ । यससँगै कार्नी क्यानडाको प्रधानमन्त्री पदमा यथावत रहने भएका छन् ।  

राजनीतिक नवप्रवेशी कार्नीले गत महिना मात्र आफ्नो पूर्ववर्ती जस्टिन ट्रुडोले राजीनामा दिएपछि प्रधानमन्त्रीको रुपमा शपथ लिएका थिए।

उत्तरी सहर फोर्ट स्मिथकोमा जन्मिएका कार्नी क्यानडाको केन्द्रीय बैंकको गभर्नर भएका थिए र उनले सन् २००८ को विश्वव्यापी आर्थिक संकटबाट क्यानडालाई पार लगाएका थिए । त्यस्तै उनी ३ सय वर्षको इतिहासमा बेलायतको केन्द्रीय बैंकको गभर्नर बन्ने पहिलो गैर–बेलायति नागरिक समेत बनेका थिए ।  

Bizshala
CG Motors

आफ्नो चुनावी अभियानमा, ६० वर्षीय कार्नीले विश्वव्यापी आर्थिक संकटहरूसँग जुध्न आफ्नो अनुभवलाई जोड दिदै चलिरहेको व्यापार युद्धको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दरो रुपमा उभिने वाचा गरेका थिए ।  

जितपश्चात प्रतिक्रिया दिदै प्रधानमन्त्री कार्नीले भने, ‘राष्ट्रपति ट्रम्पले हामीलाई तोड्न खोजिरहेका छन् ताकि अमेरिकाले हामीलाई कब्जा गर्न सकोस् - त्यो कहिल्यै हुनेछैन ।’

यस्तै उनले अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको र अमेरिकी विश्वासघातको आघातबाट मुक्त भएको बताएका छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.