सोमबार, बैशाख ७,२०८३ 05:19:56
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 05:19:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वाईफाई नेपालले ल्यायो नयाँ १०० एमबीपीएस इन्टरनेट योजना, डुअल ब्यान्ड राउटर सहित किफायती मूल्य

Bizshala
वाईफाई नेपालले ल्यायो नयाँ १०० एमबीपीएस इन्टरनेट योजना, डुअल ब्यान्ड राउटर सहित किफायती मूल्य
Shivam Cement

काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपाल प्रालिले आफ्नो सेवा दायरा थप विस्तार गर्दै उच्चगतिको १०० एमबीपीएस फाइबर इन्टरनेट सेवा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

हाल ५० एमबीपीएस र ८० एमबीपीएस इन्टरनेट सेवा प्रदान गर्दै ७० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा दिँदै आएको वाईफाई नेपालले, अब बढ्दो डिजिटल आवश्यकतालाई ध्यानमा राखी डुअल ब्यान्ड राउटरसहितको १०० एमबीपीएस इन्टरनेट प्याकेज ल्याएको जनाएको छ । जुन नेपाली घरपरिवार र सा व्यवसायहरूका लागि विशेष रूपमा डिजाइन गरिएको कम्पनीको भनाई छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नयाँ १०० एमबीपीएस योजना ग्राहकहरूले निम्न शुल्कमा लिन सक्नेछन्ः

–२४ महिनाको लागि मात्र रु १५,७०७

–१२ महिनाको लागि मात्र रु. ९,४६९

CG Motors
Garima Development Bank
IME remit

उल्लेखित मूल्यमा भ्याट समेत समावेश गरिएको छ र अतिरिक्त कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ । वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत(सीईओ)शत्रुहन पञ्जियार भन्छन्, ‘वाईफाई नेपालको लक्ष्य सधैं सबै नेपालीहरूलाई छिटो र भरपर्दो इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराउनु नै हो । आज हामी १०० ःएमबीपीएस सेवा सार्वजनिक गर्न सफल भएका छौं । हामी हाम्रो समाजको बढ्दो डिजिटल आवश्यकता बुझ्दछौं र सबैले वहन गर्न सक्ने मूल्यमा उच्च गुणस्तरीय फाइबर इन्टरनेट उपलब्ध गराएर त्यो खाँचो पूरा गर्न पाएकोमा गर्व महसुस गर्छौं ।’

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.