बिहीबार, असार १२,२०८२ 12:25:06
  • बिहीबार, असार १२,२०८२ 12:25:06
Global IME Bank Limited

सरकारको नीति तथा कार्यक्रममा बीमा क्षेत्र, कुन–कुन विषय समेटिए ?

Hyundai Nepal
सरकारको नीति तथा कार्यक्रममा बीमा क्षेत्र, कुन–कुन विषय समेटिए ?
Nabil Bank Limited

काठमाण्डौ । सरकारको नीति तथा कार्यक्रममा बीमा क्षेत्रका केही बुँदाहरु समेटिएका छन् । आगामी आर्थिक वर्षको लागि सरकारले स्वास्थ्य बीमा, कृषि बीमा, बीमा प्रणाली र बीमा सेवालाई सर्वसुलभ बनाउने जस्ता नीतिहरु समेटेको छ ।  

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यसम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमहरुलाई स्वास्थ्य बीमा सेवामा आबद्ध गराउने र स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गरी दिगो बनाउने योजना लिएको छ ।  

त्यस्तै, सरकारले बीमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाउने समेत नीति बनाएको छ । भौतिक सम्पत्ति बीमा प्रबर्द्धन गर्दै बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याउने योजना नीति तथा कार्यक्रममा समेटिएको छ । यसका साथै ग्रामिण तथा निम्न आय वर्गलाई बीमामा समेट्न बीमा साक्षरता कार्यक्रम समेत सञ्चालन गर्ने सरकारले योजना बनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

योसँगै सरकारले नीति तथा कार्यक्रममा कृषि बीमालाई समेत समेटेको छ । कृषि बीमाको दायरा विस्तार गर्ने र कृषि क्षेत्रमा दिइने अनुदानको लाभ वास्तविक कृषकले मात्रै प्राप्त गर्ने व्यवस्था मिलाउने सरकारको योजना रहेको छ ।

यसका साथै कृषिमा युवालाई आकर्षित गर्न भूमि, कृषि सामाग्री, बीमा खरिद सम्झौता र बजारको बलियो इकोसिस्टम कायम गर्ने पनि सरकारको योजना रहेको छ ।  

त्यस्तै, सरकारले मानव–वन्यजन्तु द्धन्द्ध न्यूनीकरण गर्दै राहत प्रणालीलाई बीमा प्रणालीसँग एकीकृत गर्ने पनि नीति बनाएको छ । योसँगै संरक्षण क्षेत्रमा मानव प्रकृति सहअस्तित्व कायम गरिने सरकारको लक्ष्य रहेको छ ।  

सरकारले स्वास्थ्य बीमा प्रणाली एकीकृत गरी उपचारको दायरा विस्तार गर्ने नीति बनाएको छ । गम्भीर प्रकृतिको रोगको उपचारसमेत बीमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गरिने र बीमा सेवाको सुशासन र वित्तीय स्थायित्वका लागि बीमा बोर्डको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।  

त्यस्तै, बीमा प्रणालीमाथिको व्ययभार न्यून गर्न सकारद्वारा उपलब्ध गराइने आधारभूत तथा अत्यावश्यक औषधीहरु समेत बीमा प्रणालीमा जोडिने कुरा समेटिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.