बिहीबार, बैशाख ३१,२०८३ 08:35:01
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 08:35:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सरकारको नीति तथा कार्यक्रममा बीमा क्षेत्र, कुन–कुन विषय समेटिए ?

Laxmi Sunrise Bank Limited
सरकारको नीति तथा कार्यक्रममा बीमा क्षेत्र, कुन–कुन विषय समेटिए ?
Shivam Cement

काठमाण्डौ । सरकारको नीति तथा कार्यक्रममा बीमा क्षेत्रका केही बुँदाहरु समेटिएका छन् । आगामी आर्थिक वर्षको लागि सरकारले स्वास्थ्य बीमा, कृषि बीमा, बीमा प्रणाली र बीमा सेवालाई सर्वसुलभ बनाउने जस्ता नीतिहरु समेटेको छ ।  

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यसम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमहरुलाई स्वास्थ्य बीमा सेवामा आबद्ध गराउने र स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गरी दिगो बनाउने योजना लिएको छ ।  

त्यस्तै, सरकारले बीमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाउने समेत नीति बनाएको छ । भौतिक सम्पत्ति बीमा प्रबर्द्धन गर्दै बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याउने योजना नीति तथा कार्यक्रममा समेटिएको छ । यसका साथै ग्रामिण तथा निम्न आय वर्गलाई बीमामा समेट्न बीमा साक्षरता कार्यक्रम समेत सञ्चालन गर्ने सरकारले योजना बनाएको छ ।  

Bizshala
New Office
CG Motors

योसँगै सरकारले नीति तथा कार्यक्रममा कृषि बीमालाई समेत समेटेको छ । कृषि बीमाको दायरा विस्तार गर्ने र कृषि क्षेत्रमा दिइने अनुदानको लाभ वास्तविक कृषकले मात्रै प्राप्त गर्ने व्यवस्था मिलाउने सरकारको योजना रहेको छ ।

यसका साथै कृषिमा युवालाई आकर्षित गर्न भूमि, कृषि सामाग्री, बीमा खरिद सम्झौता र बजारको बलियो इकोसिस्टम कायम गर्ने पनि सरकारको योजना रहेको छ ।  

त्यस्तै, सरकारले मानव–वन्यजन्तु द्धन्द्ध न्यूनीकरण गर्दै राहत प्रणालीलाई बीमा प्रणालीसँग एकीकृत गर्ने पनि नीति बनाएको छ । योसँगै संरक्षण क्षेत्रमा मानव प्रकृति सहअस्तित्व कायम गरिने सरकारको लक्ष्य रहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

सरकारले स्वास्थ्य बीमा प्रणाली एकीकृत गरी उपचारको दायरा विस्तार गर्ने नीति बनाएको छ । गम्भीर प्रकृतिको रोगको उपचारसमेत बीमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गरिने र बीमा सेवाको सुशासन र वित्तीय स्थायित्वका लागि बीमा बोर्डको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।  

त्यस्तै, बीमा प्रणालीमाथिको व्ययभार न्यून गर्न सकारद्वारा उपलब्ध गराइने आधारभूत तथा अत्यावश्यक औषधीहरु समेत बीमा प्रणालीमा जोडिने कुरा समेटिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.