मंगलवार, आश्विन २७,२०८३ 01:52:06
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 01:52:06
Bizshala
Global IME Bank Limited

माभोरियन सिस्टम्सलाई ‘राष्ट्रिय सूचना प्रविधि पुरस्कार २०८२’ प्रदान

Bizshala
माभोरियन सिस्टम्सलाई ‘राष्ट्रिय सूचना प्रविधि पुरस्कार २०८२’ प्रदान
New Office

काठमाण्डौ। आईटी कम्पनी माभोरियन सिस्टम्स प्रालिलाई ‘राष्ट्रिय सूचना प्रविधि दिवस पुरस्कार २०८२’ प्रदान गरिएको छ । शुक्रबार राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा माभोरियन सिस्टम्सलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना प्रविधि पुरस्कार २०८२ प्रदान गरेको हो ।  

सम्मान प्राप्त गरेपछि कर्मचारीहरू, स्वास्थ्य सेवा साझेदारहरू र ग्राहकहरूलाई निरन्तरको विश्वास र सहकार्यको लागि धन्यवाद ज्ञापन गर्दै माभोरियन सिस्टम्सले आगामी दिनहरूमा पनि नवीन र दिगो सूचना प्रविधि समाधानहरू विकास गर्दै स्वास्थ्य सेवा प्रदान गर्ने र सञ्चालनमा सुधार ल्याउने प्रतिबद्धता जनाएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

नेपालको स्वास्थ्य प्रणालीको डिजिटल रूपान्तरणमा पुर्‍याएको महत्वपूर्ण योगदानको कदरस्वरूप माभोरियनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

सन् २०१६ मा स्थापना भएको माभोरियन सिस्टम्स नेपालको अग्रणी सफ्टवेयर विकास कम्पनी हो, जसले विशेष गरी हस्पिटल म्यानेजमेन्ट इन्फरमेसन सिस्टम र इलेक्ट्रोनिक मेडिकल रेकर्डमा विशेषज्ञता हासिल गरेको छ।  

स्वास्थ्य प्रणालीलाई डिजिटलाएइज गर्ने कम्पनीको प्रमुख उत्पादन डल्फिनमाप्रशासनिक, क्लिनिकलर सञ्चालन सम्बन्धी कार्यहरूलाई एकीकृत गर्दै फार्मेसी र प्रयोगशाला व्यवस्थापन, विरामी रेकर्ड र स्वास्थ्य बीमा दाबी प्रक्रिया गर्ने सुविधा समावेश छन्।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

डल्फिनले नेपालको स्वास्थ्य सेवाहरूलाई डिजिटल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । जसले ५० लाखभन्दा बढी बिरामीहरूलाई सेवा प्रदान गरेको छ र १० करोडभन्दा बढी क्लिनिकल रेकर्डहरू व्यवस्थापन गरेको छ। यो प्रणाली नर्भिक इन्टरनेशनल, भरतपुर हस्पिटलर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाजस्ता प्रतिष्ठित स्वास्थ्य संस्थाहरूमा प्रयोग भइरहेको छ।

नेपाल बाहेक, माभोरियन सिस्टम्सले युरोप, अमेरिका, र अष्ट्रेलियामा पनि आफ्ना सफ्टवेयर समाधानहरू प्रदान गर्दै आएको छ। कम्पनीको विशेषज्ञता सफ्टवेयर विकास, क्लाउड कम्प्युटिङ, डाटा सेन्टर, नेटवर्किङ, सुरक्षार प्रणाली एकीकरणमा केन्द्रित छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X