बुधबार, असार १०,२०८३ 12:07:44
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:07:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

घुसखोरीको आरोप हटाउन ट्रम्पका अधिकारीहरूसँग अडानीको टोलीको भेट

Laxmi Sunrise Bank Limited
घुसखोरीको आरोप हटाउन ट्रम्पका अधिकारीहरूसँग अडानीको टोलीको भेट

काठमाण्डौ । गौतम अडानीको कम्पनीका प्रतिनिधिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका अधिकारीसँग भेट गरेका छन् । ब्लूमबर्ग न्युजका अनुसार अडानीमाथि लागेको घुसखोरीको आरोप हटाउन यो बैठक गरिएको हो । घटनासँग सम्बन्धित व्यक्तिहरूले यो जानकारी दिएको ब्लूमबर्गले लेखेको छ।

यो वर्षको सुरुमा यो कुराकानी सुरु भएको बताइएको छ। पछिल्लो सातामा यो विषयले गति लिएको छ । ब्लुमबर्ग रिपोर्टका अनुसार यदि सबै कुरा ठीक भयो भने आगामी एक वा दुई महिनामा समाधान निस्कन सक्छ। अडानीका प्रतिनिधिहरूले उनीमाथि मुद्दा चलाउनु राष्ट्रपति डोनाल्ड ट्रम्पको प्राथमिकताहरूसँग मेल खाँदैन भनेर प्रमाणित गर्न खोजिरहेको जनाइएको छ।  

New Office
CG Motors
Garima Development Bank

गत वर्ष नोभेम्बरमा अमेरिकी अधिकारीहरूले अडानी र उनका भतिजा सागर अडानीमाथि घुसखोरीको आरोप लगाएका थिए। भारतीय विद्युत आपूर्तिको ठेक्का जिताउन घूस लिएको र रकम जुटाउने क्रममा अमेरिकी लगानीकर्तालाई भ्रमित गरेको आरोप उनीहरुमाथि छ ।  

एसईसी (सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन)ले  अडानी र उनका भतिजाले भारतीय अधिकारीहरूलाई करोडौं डलर घुस दिएको आरोप लगाएको छ । साथै, ७५० मिलियन डलरको अडानी ग्रीन एनर्जी बोण्ड अफरिङको समयमा घूसखोरी विरोधी नियमहरूको गलत रूपमा पालना गरिएको आरोप छ ।  

यसअघि अमेरिकी धितोपत्र तथा विनिमय आयोगले गौतम अडानी र उनका भतिजा सागर अडानीमाथि अनुसन्धानका लागि भारतको कानून तथा न्याय मन्त्रालयसँग सहयोग मागेको थियो । अनुसन्धान २२५ मिलियनको कथित सेक्युरिटीज ठगी र घूस योजनासँग सम्बन्धित थियो।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एसईसीले अडानी ग्रीन एनर्जी लिमिटेडले गलत बयानका आधारमा अमेरिकी र विदेशी लगानीकर्ताहरूबाट २ अर्ब डलर उठाएको दाबी गरेको छ। (डीओजे) न्याय विभागले अडानीको कम्पनीले अमेरिकी लगानीकर्ताहरूबाट रकम उठाउँदा चलिरहेको घुसखोरी आरोपहरू लुकाएको छ जनाएको छ । यसले अमेरिकी धितोपत्र कानूनको उल्लंघन भएको दाबी गरिएको छ। अडानी समूहले घुसखोरीको आरोप निराधार भएको बताएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.