काठमाण्डौ । रुसले युक्रेनले लगातार दोस्रो रात मस्कोलाई लक्षित गरी रातभर ड्रोन आक्रमण गरेको दाबी गरेको छ । रुसको उड्डयन निगरानीकर्ता रोसाभिएट्सियाले टेलिग्राममा सुरक्षा सुनिश्चित गर्न राजधानीका सबै चार प्रमुख एयरपोर्टहरू अस्थायी रूपमा बन्द गरिएको जनाएको छ
मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा कम्तिमा १९ युक्रेनी ड्रोनहरू सहरमा पुग्नुअघि नै विभिन्न दिशाबाट नष्ट गरिएको बताए।
उनले नष्ट भएको ड्रोनका केही भग्नावशेष सहरतर्फ जाने प्रमुख राजमार्गमा खसेको तर कुनै मानवीय क्षति नभएको बताए ।यसबारे युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । तर युक्रेनी सहर खार्किभका मेयरले रुसले शहरी र किभ क्षेत्रमा रातारात ड्रोन आक्रमण गरेको बताएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।