शनिबार, असार १४,२०८२ 01:49:51
  • शनिबार, असार १४,२०८२ 01:49:51
Global IME Bank Limited

स्वास्थ्यमन्त्री पौडेलद्वारा महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन

Hyundai Nepal
स्वास्थ्यमन्त्री पौडेलद्वारा महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रामक रोग तथा महामारीका बेला सुरक्षित नमूना परीक्षण गर्ने उद्देश्यले उच्च प्रविधियुक्त ल्याब एकाइ स्थापना गरिएको छ । ल्याबको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रयोगशालालाई पछिल्ला दिनमा सबलीकरण गर्न मन्त्रालयले प्राथमिकतासाथ काम गरेको भन्दै प्रयोगशाला परीक्षणमा नेपाललाई आत्भनिर्भर बनाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

यस प्रयोगशालालाई पूर्ण क्षमताको केन्द्रीय प्रयोगशालाका रुपमा विकास गर्नु आवश्यक छ, उनले भने, यसमा हाम्रो सहयोगी भूमिका रहनेछ ।

CG Motors
Muktinath Bikas Bank Limited

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका सहयोगी दाताहरुलाई प्रयोगशाला व्यवस्थित बनाउनका लागि सहकार्यका लागि समेत आग्रह गरे ।

मन्त्री पौडेलले नेपालमा परीक्षण सम्भव नभएका क्यान्सरका जटिल परीक्षणका लागि प्रयोगशालामा गर्ने व्यवस्था मिलाएका थिए । उनले विभिन्न सरकारी अस्पतालमा सम्भव नभएका परीक्षणका लागि समेत प्रयोगशालामार्फत सुपथ मुल्यमा गर्ने गरी व्यवस्था मिलाएका थिए ।

नेपालमा पहिलो पटक निर्मित ल्याब करिब चार करोड लागतमा निर्माण सम्पन्न भएको प्रयोगशालाका निर्देशक डा. रञ्जन भट्टले बताए ।

ल्याब उद्घाटनकै अवसरमा नेपालमा प्राथमिकताप्राप्त ५२ रोगको परीक्षणका लागि आवश्यक उपकरण विश्व स्वास्थ्य संगठनले मन्त्रालयलाई हस्तान्तरण गरेको छ । अब यी किटहरु प्रदेश तथा जिल्ला तहका अस्पतालसम्म पुर्याइने र यसले परीक्षण सहज हुने विश्वास गरिएको भट्टले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले आधारभूत तहसम्म अनिवार्य परीक्षण हुनुपर्ने सुचीसहितको पुस्तिकाको अनावरण पनि गरे । अब हरेक आधारभूतदेखि विशिष्ट अस्पतालहरुमा मन्त्रालयले तोकेको परीक्षण गर्ने पर्ने व्यवस्था मिलाउने तयारी मन्त्रालयले गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.