मंगलवार, बैशाख १,२०८३ 06:45:49
Bizshala
  • मंगलवार, बैशाख १,२०८३ 06:45:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने स्वास्थ्यमन्त्री पौडेलको तयारी

Bizshala
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने स्वास्थ्यमन्त्री पौडेलको तयारी
Shivam Cement

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जनको तयारी गरेका छन् । हाल अस्तित्वमा रहेको स्वास्थ्य सञ्चालन मापदण्ड २०७७ र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई परिमार्जन गर्नका लागि उनले समिति गठन गरेका छन् ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा। सरोज शर्माको संयोजकत्वमा गठित समितिमा मन्त्रालयका एघारौं तहका सहसचिव डा। अनुप बास्तोला, वीर अस्पतालका प्रमुख नर्सिङ प्रशासक रोशनी लक्ष्मी तुईतुई, स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा। समीरकुमार अधिकारी, कानून उप सचिव गोपीकृष्ण रेग्मीलगायत छन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

हालको मापदण्डले आँखा अस्पताल, नाक, कान र घाँटी अस्पताल तथा न्युक्लियर मेडिसिन लगायतका स्वास्थ्य संस्थाको मापदण्ड नसमेटेकाले त्यसलाई थप्ने तयारी मन्त्रालयको छ ।

स्वास्थ्य मन्त्री पौडेलले अस्पतालहरुको सेवा सुधारका लागि विभिन्न निर्णय गरेका छन् । मन्त्रालयले स्वास्थ्य संस्थाको सेवा सुधार तथा प्रभावकारिता ल्याउन तयार पारेका सबै विषयलाई समेटेर मापदण्ड परिमार्जन गर्ने गरी तयारी अघि बढेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

CG Motors
Garima Development Bank
IME remit

महामारीपछिको परिवर्तित अवस्थामा स्वास्थ्य सेवा प्रभवकारी बनाउन समेत अहिलेको मापदण्ड परिमार्जन जरुरी रहेकाले मन्त्रालयले प्रक्रिया अघि बढाएको हो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.