आईतवार, असार २१,२०८३ 05:18:33
Bizshala
  • आईतवार, असार २१,२०८३ 05:18:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेरुडे मिर्मिरेको साधारण सभा सम्पन्न,६ जना नयाँ सञ्चालक चयन

Laxmi Sunrise Bank Limited
नेरुडे मिर्मिरेको साधारण सभा सम्पन्न,६ जना नयाँ सञ्चालक चयन

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १८ औं वार्षिक साधारण सभा काभ्रेपलाञ्चोक धुलिखेलस्थित होटल सारथीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मणिकुमार अज्र्यालको सभाध्यक्षतामा जेठ ५ गते सम्पन्न भएको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष अज्र्यालले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।  

सभाले लेखापरीक्षकको लेखा परीक्षण प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा लेखासम्बन्धि नीतिहरु सहित सम्बन्धित अनुसूचीहरुमाथि छलफलगरी पारित समेत गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

साथै, सभाले साविक मिर्मिरे लघुवित्त वित्तीय संस्थाको विसं २०८० फगाुन २९ गतेसम्मको लेखा परीक्षकको प्रतिवेदन लगायत विवरण तथा लेखा सम्बन्धि नीतिहरु समेत पारित गरेको छ ।

सभामा आर्थिक वर्ष २०८१/०८२ को लागि संस्थाको लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुुक्ति तथा पारिश्रमिक समेत तोकेको छ भने विशेष प्रस्तावअन्तर्गत संस्थाको कर्पोरेट कार्यालय सार्ने सम्बन्धमा संस्थाको प्रबन्धपत्र, नियमावली संशोधन तथा अन्य कुनै नियामक निकायहरुबाट कुनै संशोधन गर्न निर्देशन भएमा सो बमोजिमको नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी समेत दिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अठारौं साधारण सभाले वित्तीय संस्थाको नियमावलीमा व्यवस्था भए बमोजिम सञ्ंचालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहका ३ जनाको लागि मणिकुमार अज्र्याल,सन्तोष फुयाल,टेक बहादुर बोहरा चुनावी प्रक्रियाबाट निर्वाचित भएका छन् भने सर्वसाधारण समूहका ३ जना सञ्चालकहरु सुधिर कुमार श्रेष्ठ, सञ्जू घिमिरे र राजकुमार राई निर्विरोध रुपमा निर्वाचित भएका छन् । नयाँ चुनिएका सञ्ंचालकहरु आगामी ४ वर्षको लागि सञ्चालकमा निर्वाचित भएका हुन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.