शुक्रबार, श्रावण २२,२०८३ 10:58:29
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 10:58:29
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता प्रदान

एनआईसी एशिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता प्रदान
New Office

काठमाण्डौ । एनआईसी एशिया लघुवित्तले बागमती, कोशी र सुदुरपश्चिम प्रदेशअन्तर्गतका विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सञ्चालित कार्यक्रम बागमती प्रदेशको सिंगटि शाखा, कोशी प्रदेशको धाइजन शाखा तथा सुदुरपश्चिम प्रदेशको कलुवापुर शाखामा भएको थियो ।  

कार्यक्रमबाट सिंगटि शाखाका ३१ जना, धाइजन शाखाका ७० जना तथा कलुवापुर शाखाका ३८ जना सदस्यहरु लाभान्वित भएका छन् । संस्थाले ग्रामिण परिवेशका विपन्न वर्गका सदस्यहरुलाई वित्तीय पहुँचमा असहजता अन्त्य गर्नका लागि यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । 

कार्यक्रममा संस्थाका प्रदेश प्रमुखदेखि शाखा प्रमुखसम्मले बचतको उपयोगिता, कर्जाको सहि प्रयोगद्वारा आर्थिक जीवनस्तरमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा प्रष्ट पारेका थिए । कार्यक्रमका सहभागीहरुले आफुले प्राप्त गरेको वित्तीय ज्ञानले आफ्नो दैनिक क्रियाकलापमा ठूलो परिवर्तन आउने प्रतिक्रिया व्यक्त गरेका थिए । संस्थाले यस्ता कार्यक्रममा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.