काठमाण्डौ । धितोपत्र बोर्डले कम्पनी तथा कारोबार सदस्यहरुले पालना गर्नु पर्ने सदस्यता तथा सूचिकरण विनियमावलीहरु वर्षौदेखि संसोधन गरेको छैन । यसरी विनियमावली संसोधन हुन नसक्दा २०५२ सालमा बनेका विनियमावलीको आधारमा नै सेयर कारोबार भईरहेको छ ।
नेपाल स्टक एक्सचेञ्जको स्थपना २०५२ सालमा भएको थियो । त्यही समयमा नै कम्पनी सूचिकृत तथा सदस्यता विनियमावली बनेको थियो । त्यसपछि नेपाल स्टक एक्सचेञ्जमा धेरै फेरबदल भएको छ । सेयर कारोबार ओपन क्राई सिस्टमबाट अनलाइन कारोबारसम्म पुग्यो । तर धितोपत्र बोर्डले सूचिकृत कम्पनीहरु तथा सदस्य दलालहरुले पालना गर्नु पर्ने नियम कानून भने पुरानै आधारमा चलाईरहेको छ । अहिले ब्रोकरहरुनै तीन श्रेणीका छन् ।
यस्तोमा श्रेणीअनुसार सदस्यता दलाल कानून पनि परिमार्जन गर्न आवश्यक हुन्छ । नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुली भन्छन् ‘नियम कानून भनेको समय अनुकुल परिमार्जन हुँदै जानुपर्छ । नेप्सेले यस्ता नियम कानून परिमार्जन गर्न वर्षौदेखि धितोपत्र बोर्डलाई ताकेता गर्दै आएको छ । केही समय पहिले कारोबारसम्बन्धी विनियमावलीमा परिमर्जन गरेको थियो । तर सदस्यता बिनियमावली तथा कम्पनी सूचिकरणसम्बन्धी बिनियमावली भने परिमार्जन हुन सकेको छैन ।’
अर्का एक कानूनी जानकार भन्छन् ‘समय अनुकुल ऐन कानून परिमार्जन नहुँदा कानुनको छिद्रमा खेलेर कम्पनीहरुले सर्वसाधारण लगानीकर्ताहरुलाई सेयर भिडाएर बजारबाट भागेका पनि छन् । यस्ता कानूनका कमजोरीहरुलाई समयमा नै सम्बोधन गर्न आबश्यक छ ।’
उनले आईजिनको विवाद पनि कानुनकै अभावको परिणाम भएको बताए । सूचिकरण विनियमावलीमा आईजिन कतिवटा दिने भन्ने स्पष्ट नुहँदा कसैलाइ एउटा र कसैलाई २ वटा दिइएको उनले बताए । यसको फाइदा कम्पनीहरुले उठाएका छन भने सर्वसाधारण संधै मारमा परेका छन् । धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले पनि विनियमावली लामो समयदेखि परिमार्जन नभएको र समय अनुकुल परिमार्जन गर्नुपर्ने र अब बोर्डले यसलाई अघि बढाउने पनि प्रतिकृया दिए ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (50).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (2).jpg) 
                                        (1)(2)(2).png) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                