बुधबार, असार १०,२०८३ 05:25:25
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:25:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक बस्दै, नयाँ स्टक एक्सचेञ्ज मुख्य अजेण्डा

Laxmi Sunrise Bank Limited
धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक बस्दै, नयाँ स्टक एक्सचेञ्ज मुख्य अजेण्डा

काठमाण्डौ । लामो समयपछि आज धितोपत्र बोर्डमा सञ्चालक समितिको बैठक बस्दै छ । धितोपत्र बोर्डस्थित उच्च स्रोतले दिएका जानकारी अनुसार आज बस्ने बैठकमा विभिन्न अजेण्डासहित नयाँ स्टक एक्सचेञ्जको बिषयमा समेत छलफल हुने भएको छ । यसअघि सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउने निर्णयसहित अध्ययन कार्यदलको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।  

तत्पश्चात् नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीको अध्ययन समितिले नयाँ स्टक एक्सचेञ्ज अघि बढाउने सरकारलाई प्रतिवेदन बुझाएको थियो । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न अधिवक्ता कृष्णबहादुर थापा लगायतले रिट दायर गरेका थिए । उक्त रिट खारेज भएसँगै निजी क्षेत्रलाई लाइसेन्स दिने बाटो सहज भएको छ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सको दौडमा ३ वटा समूह रहेका छन् । जसमा हिमालयन स्टक एक्सचेञ्ज , अन्नपूर्ण स्टक एक्सचेञ्ज र नेशनल स्टक एक्सचेञ्ज रहेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

नयाँ स्टक एक्सचेञ्जको आवश्यकता कति ?

हाल नयाँ स्टक एक्सचेञ्जको विषयमा बिभिन्न बिचारहरु सुनिन्छन् । केहीले भएकै स्टक एक्सचेञ्जलाई पुनर्संरचना गरेर विदेशि साझेदार भित्राउनुपर्ने तर्क गर्दै आएका छन् । अर्काथरीले भने हालको स्टक एक्सचेञ्जले पूर्णरुपमा सरकारी स्वामित्वमा रहँदा कुनै पनि काम हुन नसकेको र पुनर्संरचना पनि समयमा हुन नसक्ने भन्दै नयाँ स्टक एक्सचेञ्जको विकल्प नरहेको तर्क गर्ने गरेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बजारमा लगानीकर्ताहरुले इन्ट्रा डे ट्रेडिङ , अप्सन मार्केट् , फ्यूचर मार्केट , अक्सन मार्केट् , डेरिभेटिभ तथा कमोडिटिज बजार जस्ता विषयवस्तु नयाँ स्टक एक्सचेञ्ज आएपछि मात्रै सम्भव रहेको पनि तर्क गर्छन । छिमेकी मुलुक भारतमा टी प्लस जीरो सेटलमेन्ट पुगेको अबस्थामा नेपालको सेयरबजार भने बल्ल बल्ल अनलाइन कारोबारमा पुगेको छ । लगानीकर्ता टेकेन्द्र थपलियाले सम्भव भएसम्म पुरानै स्टक एक्सचेञ्लाई सुधार गर्नु पर्नेमा जोड दिए । उनले थप्दै भने, यदि पुरानो स्टक एक्सचेञ्जले काम नै गर्न नसकेको अवस्थामा नयाँ स्टक एक्सचेञ्जको बिकल्प रहदैन ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.