काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडको लक इन अवधि आगामी असार महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ९० लाख २१ हजार ११५ कित्ता सेयरको लक इन अवधि असार २७ गते समाप्त हुन लागेको हो ।
कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।
लक इन अवधि खुल्न लागेको कुल सेयरमा ८७ लाख कित्ता संस्थापक सेयर, आयोजना क्षेत्रका स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको २ लाख ८१ हजार ७५० कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ३९ हजार ३६५ कित्ता रहेको छ ।