काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले १ः१ अनुपातमा १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न गत जेठ २२ गते बोर्डमा निवेदन दिएको हो । बोर्डबाट अनुमति पाएमा कम्पनीले कुल १ करोड १७ लाख ३२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।